अत्यधिक रक्तश्राबका कारण बाँके मा एक गर्भवती महिलाको मृत्यु
ज्ञानु गौतम,बाँके ,माघ १७ - अत्यधिक रक्तश्राबका कारण बाँकेमा एक गर्भवती महिलाको मृत्यु भएको छ । इन्द्रपुरकी १७ वर्षीया लक्ष्मी गडोरियाको अत्यधिक रक्तश्राबका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बााकेका प्रमुख जीवन कुमार मल्लले जानकारी दिनुभयो । बच्चा जन्माउने क्रममा अत्यधिक रक्तश्राब भएपछि गडोरियाको मृत्यु भएको मल्लले बताउनुभयो ।