|

गत बर्ष ८८ हजार नयाँ सवारी साधन

दोहा– कतारको सडकमा गत बर्ष (२०१२) ८८ हजार नयाँ सवारी साधन गुडेका छन् । सवारी साधनको नयाँ थपिएको यो संख्यासंगै गत बर्ष कतारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउनेहरूको संख्या पनि १ लाख ८ हजार नाघेको छ ।

अघिल्लो बर्ष (२०११) कतारमा ७० हजार नयाँ सवारी साधन दर्ता भएका थिए भने १ लाख ५ हजारले लाइसेन्स पाएका थिए । गत बर्ष सवारी दुर्घटनामा भने केहि नियन्त्रण भएको छ । गत बर्ष सवारी दुर्घटनामा २ सय ४ जनाले ज्यान गुमाए । अघिल्लो बर्ष भन्दा ९ दशमलव ५ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको ट्राफिक विभागका निर्देशक व्रिगेडियर मुहम्मद साद अल खार्जीले बताए । विभागले हरेक बर्षजस्तै यसपाली पनि मदिना खलिफास्थित मुख्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी ट्राफिक प्रतिवेदन र तथ्यांकहरू सार्वजनिक गरेको छ ।

गत बर्ष सवारी दुर्घटनामा ५६ जना पैदल यात्रीको मृत्यु भएको छ । अघिल्लो बर्ष ६१ र २०१० मा ७४ जनाले ज्यान गुमाएका थिए । सडक दुर्घटनाका अधिकांस (९० दशमलव १ प्रतिशत) मृतक पुरुष थिए जसमध्ये आधाभन्दा बढि गैर अरव थिए । कतारी २१ दशमलव ६ र अन्य अरव १९ दशमलव ६ प्रतिशत रहेका छन् । निर्देशक खार्जीका अनुसार अत्याधिक गति र युवाहरूको जथाभावी र अनियन्त्रित चलाईका कारण धेरै दुर्घटना हुने गरेका छन् । हरेक उपायहरू अवलम्बन गरी यो विषयलाई सम्बोधन गर्ने उनले बताए । अव ४ किलोमिटरको सट्टामा हरेक २ किलोमिटरमा राडार राख्ने उनले खुलासा गरे ।
दायाँतर्फबाट उछिन्ने चालकहरूका लागि कडा सजाय तोकिने र राडारहरूले पनि यसको अनुगमन गर्ने उनले जनाए । प्रहरी विभागले सार्वजनिक निर्माण निकाय (अशघल) संग मिलेर पैदलयात्रीहरूका लागि टनेल र फ्लाइओभरहरू बनाउने योजना गरिरहेको पनि उनले जनाए । पैदलयात्रीको सिग्नल र जेव्राक्रसिङ अगावै रोक्नुपर्ने नियम नमान्ने चालकहरूलाई कारवाही गर्ने पनि उनले खुलाए । सो पत्रकार व्रिफिङमा ट्राफिक तथ्यांक विभागका प्रमुख कर्णेल इब्राहिम साद अल सुलाइतीले विभिन्न तथ्यांकहरूवारे विस्तृत चर्चा गरेका थिए ।

Posted by Butwalonline on 4:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गत बर्ष ८८ हजार नयाँ सवारी साधन"

Leave a reply