नेपाललाई रोक्यो कतार फाउण्डेशनले
दोहा– कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’ मा नेपालको अपराजितयात्रा रोकिएको छ । नेपाललाई कतार फाउण्डेशनले रोकेको हो ।
लिग अन्तर्गतका अघिल्ला खेलहरूमा लेवनन र इजिप्टलाई पराजित गर्दै र मैत्रीपुर्ण खेलहरूमा पनि विजयी प्रदर्शन गर्दै आएको नेपाल गत शुक्रवार, ८ फेब्रुअरीमा कतार फाउण्डेशनसंगको खेलमा स्तब्ध भयो । अचानक लय गुमाउँदा नेपालले कतार फाउण्डेशनसंग २–१ को पराजय ब्यहोरेको छ । पहिलो खेल २५–२० ले जितेको नेपाल दोश्रो खेलमा एकाएक निरिह सावित भयो । दोश्रो खेल २५–१५ ले गुमाएपछि तेश्रो खेलमा लय फर्कने दर्शकको अपेक्षा साकार हुन पाएन । अपार दर्शक समर्थनका बाबजुत तेश्रो खेलमा नेपाली टोलीलाई विपक्षीलाई टक्कर दिनसमेत धौधौ प¥यो । उत्साहित दर्शकदिर्घामा निरासाको मौनता छर्दै तेश्रो खेल नेपालले १५–११ ले हा¥यो । लेवनन र इजिप्टलाई पराजित गरिसकेको नेपाल यो तेश्रो प्रतिस्पर्धामा पनि राम्रो नतिजा निकाल्ने दाउमा खेलेको थियो ।
नेपाली टोलीका विदेशी खेलाडी तथा प्रतिस्पर्धाकै उत्कृष्ट मध्येका एक स्टार हिरोशीको बलियो स्पाइकले पनि नेपाललाई पराजयबाट जोगाउन सकेन । उनको एकल प्रदर्शनको प्रेरणामा पहिलो खेल जितेको भएपनि दोश्रो र तेश्रोमा उनले साथ र मौका दुवै पाएनन् । प्राविधिकरुपमा सहि खेल र सामञ्जयस्यमा देखिएको कतार फाउण्डेशनले लयलाई निरन्तरता दिँदै शारिरिक तन्दुरुस्ती र गेमप्लानको पक्षलाई पनि कम आँक्न नहुने सन्देश नेपाली टोलीलाई दिएको छ ।
११ जनवरीबाट आयोजना भएको यो लिगमा शुरुवाटै नेपालको मनोबल निकै उच्च रहेको भएपनि यो पराजयले धेरै पक्षमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ । प्रशिक्षक तथा ब्यवस्थापक बुद्व गुरुङले एकैखेलबाट निरुत्साहित हुनु नहुने टिप्पणी गर्दै अवका खेलमा कमिकमजोरीको मुल्यांकन गरी रणनीति तयार गर्ने बताए । लिगका टेक्निकल मेम्बर तथा यहाँस्थित नेपाली समाजका अगुवा सागर नेपालले यो खेलले नेपाललाई सचेत बनाएको तर्क गर्दै हारबाट पनि पाठ सिक्नुपर्नेमा जोड दिए । अघिल्ला खेलमा नेपालीजनको अधिकतम सहभागिता र समर्थनको अपिल दोहो¥याउन पनि उनले भुलेनन् ।
गत बर्ष दोश्रो स्थान हासिल गर्न सफल रहेको नेपाल यस बर्ष पहिलो स्थानको दावेदारीमा छ । गत बर्षको उपाधि विजेता सुडान यसपाली समावेश नरहे पनि यसपाली भारतीय र कतार फाण्डेशनका टोली निकै शशक्त देखिएकोले नेपालको उपाधी यात्रा निकै चुनौतिपुर्ण रहेको छ ।
गत शुक्रवारको अर्को प्रतिस्पर्धामा भारतले मोवासलातलाई २–० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ भने फिलिपिन्सले इजिप्टलाई २–० ले पराजित गरेको छ । शुक्रवारको अन्तिम प्रतिस्पर्धामा कतार जुनियर्सले पनि लेवननलाई २–० ले पराजित गरेको छ । शुक्रवारका खेल हेर्न वरिष्ठ कतारी खेल तथा प्रायोजक अधिकारीहरू पनि सहभागी थिए भने खेलका विचमा नेपाली र भारतीय कलाकारहरूका सांस्कृतिक प्रस्तुतीहरू पनि रहेका थिए । १५ फरवरीमा नेपालले दिनको ४ बजे मोवासलात टोलीसंग प्रतिस्पर्धा गर्दैछ ।