|

ओसामा बिन लादेनका ज्वाइँ अमेरिकाको संघीय अदालतमा

एजेन्सी, फाल्गुन २५ । आतंकवादी सन्जाल अलकायदा प्रमुख ओसामा बिन लादेनका प्रवक्ता सुलाइम अबु घाईथलाइ आज अमेरिकाको संघीय अदालतमा पेश गरिएको छ । सुलाइमान अबु घाईथ गत साता जोर्डनमा पक्राउ परेका थिए ।ओसामा बिन लादेनका ज्वाइँ समेत रहेका घाईथ सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका मुख्य सल्लाहाकार र योजनाकार समेत रहेका छन् ।

उनीमाथि अमेरिकी नागरिकहरुको अनाहकमा ज्यान लिएको आरोप लगाइएको छ । कुवेती नागरिक उनी अमेरिकी हमलापछी ओसामा बिन लादेनसंगै रहँदै आएका थिए ।घाईथले इरानमा रही तस्करी समेत गर्दै आएको खुलासा भएको छ । अमेरिकाको संघीय अदालतमा अमेरिकी हमलाका ६७ बिदेशी आतंकवादीहरु विरुद्ध मुद्दा चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।स्रोत : ईमेज  च्यानल

Posted by Butwalonline on 3:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ओसामा बिन लादेनका ज्वाइँ अमेरिकाको संघीय अदालतमा"

Leave a reply