खोलामा डुबेर १३ बर्षे एक बालकको मृत्यु
ताप्लेजुङ, फागुन २५- ताप्लेजुङको साब्लाखुका १३ बर्षे एक बालकको ईन्द्रावती खोलामा डुबेर शुक्रवार दिउसो ज्यान गएको छ।बालुवा निकाल्न गएका साब्लाखु ९ का टीका बेघा लिम्बुका १३ वर्षीय छोरा अल्बष बेघाको ईन्द्रावती खोलामा डुबेर ज्यान गएको स्थानीय शिक्षक लोकनाथ ढकालले बताए। आखोंप गाविस नजिक भएर बग्ने खोलाबाट स्थानीयले ढुङगा, गिटी र बालुवा निकाल्दै आएका छन्।
त्यसैगरी जिल्लाको नाङखोल्याङ-६ बाट बिहिवार बिहान ९ बजे हराएका धनसेर राई शुक्रवार मृत अवस्थामा फेला परेका छन्। घरवाट नजिकमा रहेको तमोर नदीमा मृत भेटिएपछि उनलाई प्रहरीले सनाखत गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।खोलामा शव देखिएपछि म्याखा प्रहरी चौकीमा कार्यरत प्रहरीहरुले खोवाबाट शव निकाली आफन्तलाई जिम्मा लगाएका छन्। मृत्यु बारे अनुसन्धान थालिएको प्रहरी निरिक्षक सञ्जिवबाबु खड्काले बताए।स्रोत : नागरिक न्युज