३१ सय तिर्न नसक्दा मरेपछि ३ छोरा छोरी र श्रीमतीको बिचल्ली
नयाँ दिल्ली, चैत्र २८ - दिल्ली नजिकै फरिदाबाद, नियोला महाराजपुरमा बस्दै आएका अर्घाखाँची मरेंगका २७ वर्षीय रमेश पोखरेलले नजिकै रासन पसलको ऋण तिर्न नसक्दा आफ्नै कोठामा झुण्डिएर ज्यान गुमाएका छन् ।
रासन पसलको ३१ सय ५० रुपैंयाँ तिर्न ढिलाइ भएपछि पोखरेलले पसलेको धम्की खेप्नुपरेको र बिहीबार दिउँसो आफ्नै कोठाभित्र फ्यानमा श्रीमतीको सलको पासो बनाउँदै झुण्डिएर आत्महत्या गरेको स्थानीय नेपाली स्वयमसेवीले बताए । रमेश उनकी पत्नी दुर्गा र तीन छोराछारीका साथमा बस्ने भएपनि कोठामा कोही नभएको मौकामा उक्त घटना भएको अखिल भारत नेपाली एकता मञ्चका आरबी खड्काले बताए । मथुरारोडको एक चश्मा कम्पनीमा काम गर्ने रमेशले मासिक ५५ सय रुपैंया तलब पाउँथे ।
एक दशकअघि रोजीरोटीको खोजीमा अर्घाखाँचीबाट दिल्ली आएका रमेशका तीन सन्तान छन् । ‘नजिकैको किराना पसलबाट चामल, नूनतेल ल्याएको बिल रहेछ,’ मञ्चका खड्काले भने, ‘दुइ दिन अघि गरिएको पसलेको कागजनामामा ४९ सय ऋणमा अरु तिरेर ३१ सय ५० रुपैंया तिर्न बाँकी रहेछ । पसलेले तुरुन्त नतिरेमा ज्यान लिने धम्की दिएकाले डराएर आफैं मृत्यु रोजेको प्रारम्भिक अनुसन्धानमा थाहा भएको छ ।’ पछिल्ला महिनामा श्रीमती दुर्गा पनि काममा जाने गरेको भएपनि आर्थिक बिपन्नताका कारण यी दम्पत्तिले मुश्किलले जीवन बिताइरहेका थिए । मञ्चसम्बद्ध खड्काले मृतक पोखरेलको शुक्रबार स्थानीय वीके अस्पतालमा पोष्टमार्टम पुरा भएपछि अपरान्ह अन्तिम संस्कार समेत गरिएको जानकारी दिए । बेखर्ची रहेका श्रीमती पोखरेल र उनका तीन छोराछोरीलाई अर्घाखाँची गाउँ पठाउन नेपाली सहयोगी संस्था एवं शुभेच्छुकबाट पैसा संकलन थालिएको समेत खड्काले जानकारी दिए ।