दरबारको लागत मुल्यसगैसगै समय पनि बढ्यो
![]() |
| फोटो:मुक्तिप्रसाद न्यौपाने /बुटवल अनलाइन |
भूकम्प प्रतिरोधात्मक प्रविधिमा निर्माण हुदै
मुक्तिप्रसाद न्यौपाने,कार्तिक ४ , पाल्पा-पुरानै स्वरुप र शैलीमा पून निर्माण भइरहेको तानसेनको ऐतिहासीक दरबारको निर्धारीत समयमा निर्माण कार्य पुरा नहुने भएको छ । ऐतिहासीक, पुरातात्वीक महत्व वोकेको दरबारका लागि आवश्यक पर्ने काठको समस्या, प्रारम्भीक अवस्थामा डिजाइनिङ्ग ढिला हुनु जस्ता कारणले लक्षीत समय भित्र सम्पन्न नहुने भएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयको पुन निर्माण एकाइवाट प्राप्त वजेट र शहरी विकास तथा डिभिजन भवन कार्यालय पाल्पाको प्रविधीक रेखदेखमा पून निर्माण हुन लागेको दरबार को ०६४/०६५ सालमा तीन वर्षमा सक्ने गरी ४ करोड ९२ लाख रुपैयाामा ठेक्का सम्झौता भएको हो ।
२०६५ माघ देखि निर्माण कार्यरम्भ गरेको भए पनि रनिङ्ग विलको आधार मा नेपाल सरकारले निर्माण कम्पनीलाई भुक्तानी गर्ने हुादा समय साग सागै निर्माण लागतमा समेत वृद्धि भएको छ भने यसको अन्तिम समय सम्म लागत मूल्य ७ करोड ५० लाख रुपैया पुग्ने बताइएको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि भेषवहादुर के.सी. भन्दछन् पुरातत्व ऐन अनुरुप निर्माण गर्दा लागत साग सागै समय पनि वढेको हो भने नाप साइज अनुरुपको काठको समस्याले गर्दा ढिलाई भएको हो । सम्झौता अनुरुप २०६७ आषाढ मसान्त सम्म निर्माण कार्य पुरा गर्ने संम्झौता गरिएको थियो तर ठेकेदार कम्पनीले एक वर्ष म्याद थप गरेको भए पनि काठको समस्या को कारण पुन म्याद थप्नु परेको के.सी.को भनाई रहेको छ ।
भुकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग र आधुनिक भौतिक सुविधा सम्पन्न तरिकाले पून निर्माण भएको दरबारको हाल सम्म ७० प्रतिशत काम पुरा भएको र माघ महिना सम्ममा निर्माण कार्य पुरा गरिसक्नु पर्ने छ । वि.सं. १९६३ सालमा तत्कालीन जनरल प्रताप शमशेर द्वारा दैनिक प्रशाशनीक कार्य सञ्चालनका लागि निर्माण गरेको दरबारको जग कमजोर अवस्थामा भएकोले त्यसको पुन डिजाइनिङ्ग गरी जगबाट नै गाह्रो उठाउन पुरातत्व विभागले अडान राखेकोले पनि केहि समय निर्माण कार्य ढिलाई भएको हो भने ठेकेदार कम्पनी र पुरातत्व विभाग वीच समन्वय हुन नसक्दा पनि प्रारम्भीक अवस्थामा खटपट भएकोले मन्त्रालयले समन्वय गरेपछि निर्माण कार्य अगाडी बढेको हो ।
![]() |
| फोटो:मुक्तिप्रसाद न्यौपाने /बुटवल अनलाइन |
काठैकाठ र इट्टावाट जडीत दरबारको पुरानो संरचनामा भवनको सबै कुना तथा प्रत्येक तलाको सतह र गाह्रो जोडीने ठाउमा काठको नै ट्रष्ट राख्नु पर्ने, पुरातत्व ऐन नियमअनुसार निर्माण गर्दा ठेकेदार कम्पनीले थप झन्झट वेहोर्नु परेको हो । एक सय वर्ष भन्दा पुरानो दरबार परम्परागत रुपमा निर्माण मर्मत गर्दा आधुनिक निर्माण सामाग्रीको प्रयोग गर्न नपाइने र परम्परागत रुपमा गाह्रो लगाउन प्रयोग हुने स्थानीय प्रविधी द्वारा निर्मीत चुना, सुर्कीको प्रयोग गरी निर्माण गरिएको छ । लामो समय लगाएर पून निर्माण भएको दरबार निकट भविष्यमा के गर्ने ? भन्ने विषयमा हाल सम्म स्पष्ट नीति वन्न सकेको छैन् भने ध्वस्त हुनु पुर्व सरकारी कार्यालयहरुको मुख्य केन्द्रको रुपमा दरबार स्थापीत थियो।
तत्कालीन विद्रोही नेकपा माओवादीले २०६२ सालको माघ १९ गते तानसेन आक्रमणका क्रममा ऐतिहासीक र निर्जिव दरबार माथी आगो लगाएपछि ध्वस्त दरबार खरानी वन्दा जिल्ला वासीलाई आफन्त नै गुमाए जस्तै भएको थियो ।
पाल्पा पर्यटन साग जोडीने ऐतिहासीक दरबार पुन निर्माण पश्च्यात पर्यटन प्रवद्र्धन गर्न थप टेवा पुग्ने तानसेन नगरवासीले विश्वास लिएका छन् तर निर्माण सम्पन्न गर्ने मिति सरिदिदा आशा निराशामा परिणत हुने त होइन भन्ने उत्तिकै आशंका पनि रहेको छ ।


