|

खाग तस्करीको अभियोगमा ५ जना पक्राउ


भरतपुर, कार्तिक ४ - दुर्लभ एकसिंगे गैडाको खाग तस्करी गरेको आरोपमा चितवनको माडीवाट ५ जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको छ । लाखौं मुल्यको खाग तस्कारी गरी विक्रि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।

उनीहरुले खाग तस्कारी गरेको स्वीकार गरिसकेको निकुञ्जको दावी छ । खाग तस्करीमा गिरोहनै संलग्न रहेकाले तत्कालका लागि नाम सार्वजनिक नगरी गोप्य राखिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैबीच निकुञ्ज र प्रशासनले स्थानीय सुरक्षा निकायको सहयोगमा खाग खरिद बिक्रिमा संलग्न रहेका दुई जनालाई त्रिवेणीवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान घर भएका महेश्वर केसी र सुस्मा नाम गरेकी महिला रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुवाट चारलाख नेपाली रुपैयाँ र तीनलाख भारतीय रुपैयाँ बरामद समेत गरिएको प्रहरी चौकी त्रिवेणीका प्रहरी सहायक निरीक्षक राशरण खत्रीले जानकारी दिए ।
स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 9:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खाग तस्करीको अभियोगमा ५ जना पक्राउ"

Leave a reply