|

केटीको नाममा फेसबुक खोलेर अश्लिल तस्बिर राख्ने पक्राउ

काठमाडौं, कार्तिक ४ - अर्कै ब्यक्तिको नाममा फेसबुक खोलेर अश्लिल तस्विरहरु राख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले टेकुका तृप्त कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । यूनाइटेड फाइनान्स दरबारमार्गका लेखापाल श्रेष्ठले (बिनिता कार्की) नाम परिवर्तनको नाममा फेसबुक खोलेर इन्टरनेटबाट अश्लिल चित्र डाउनलोड गरि राखेका थिए ।

५ बर्ष अघि राजधानीको एकै डिपार्टमेन्ट स्टोरमा काम गर्दा चिनजान भएकी कार्कीलाई उनले प्रेम प्रस्ताब राखेका थिए । कार्कीले अस्विकार गरेपछि श्रेष्ठले बदनाम गराउन फोटो राखेको बयान दिएका छन् । 'म उसलाई धेरै माया गथेँ ५ बर्षसम्म पर्खदा पनि उसले वास्ता नगरेपछि मैले बदनाम गराउन त्यसो गरेको हूँ' श्रेष्ठले प्रहरीलाई भनेका छ्न् ।

श्रेष्ठले इन्टरनेटबाट डाउनलोड गरिएका अश्लिल चित्रलाई सम्पादन गरेर कार्कीको जस्तो बनाई कार्कीले काम गर्ने कार्यालयका कर्मचारीको नाम पत्ता लगाउँदै फेसबुकबाट पठाएको प्रहरीले जनाएको छ ।
स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 9:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "केटीको नाममा फेसबुक खोलेर अश्लिल तस्बिर राख्ने पक्राउ"

Leave a reply