मुक्तकहरु
बिना कारण दोष देखाई, अलपत्र पार्यो भन्छौ
कसो गरी माया देखाउ, हनुमान झैँ छाती चिरी
खै सकिन सम्झाउन,सीमा तोडी झार्यो भन्छौ |१|
.
चार जात छतीस बर्ण, एउटै रातो रगत
के पहाडी, के मदेशी, उस्तै पाटो लगत
अनेक थरी भेषभुषा,बिशाल बागका फूल सरी
जोगिए यो सहिष्णुता, हाँस्छ सारा जगत |२|
.
कल्पनाका महलहरु, हेर्दाहेर्दै ढलेपछि
थकित मन रुदो रै'छ, मनमा आगो बलेपछि
देखाएका आशाका ती, मुहानहरु त्यसै सुक्दा
आफ्नु के नै लाग्दो रै'छ, कर्मले नै छलेपछि |३|
.
खाली भए मन्दिर सबै,बिदेशीए मूर्तीहरु
कहाँ गए धर्मगुरू, जोगाउन श्रुतीहरू
देश भरका कु-कृत्यको, अन्त्य गर्छौं भन्नेहरु
बिना कानून विधुवा रुँदा, कहाँ गए फूर्तीहरु |४|
.
परेवाको माया प्रिती, सारालाई था'छ
देउता भाकी कसम खा'को, तारालाई था'छ
आफ्नु प्रिय मुटुलाई, अरुले नै खोस्दा
वियोगको गहिरो चोट, आरालाई था'छ |५|
.
उनको उमेर ढल्किए'नि ,बानी छल्किए जस्तो
लाग्छ नयन नशालु भै ,कतै पल्किए जस्तो
किनारा त किनारै हो, दुइको मिलन कहिले?
प्रतिक्षाले शीमा रेखा, अन्तै सल्किए जस्तो |६|
इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा

धेरै राम्रा मुक्तकहरु/