तीन मुक्तक .
म त धेरै माया गर्छु माया कहाँ मारे छु र?
सागर तर्दा तिमी नै हौ अरु कहाँ तारे छु र?
जिउने मर्ने बाचा कसम खाइ सकें तिमी सँगै
मन बचन दिइ सके अन्त कहाँ सारे छु र?
..............................
सङ्का गरी यती धेरै हेर्न थल्यौ किन मलाई
सङ्काले नै लङ्का जल्छ मन भित्र आगो जलाई
छोड अब कुरा काट्न बनी एक बुद्धिमानी
यसैले नै हुन्छ बरु आपसमा हाम्रो भलाई
.............................
बुझ्ने गर संसारलाई आफ्नु घाँटी हेरी कन
अघी बढ्नु पर्छ हामी आफ्नु सोच फेरी कन
बाटो हिड्दा आउने काँडा पन्साउदै हिंडे देखि
आफै हट्छ मनको मैलो सत्यलाई बेरी कन
लेखिका: इन्दिरा प्रयास
काठमान्डू नेपाल
हाल: इजराइल