जनजाति महासंघ जिल्ला समन्वय परिषद्को अधिवेशन बुटवलमा हुंने
बुटवल १६ फागुन-नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देही तेस्रो जिल्ला अधिवेशन फागुन २७ गते बुटवलमा हुंने भएको छ । महासंघको आज बुटवलमा बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । गत असार १६ गते हुंने भनिएको अधिवेशन विविध कारणले पटक–पटक स्थगित भई फागुन २७ गते हुंन लागेको हो ।
बुटवल ६ आर्दशनगरस्थित थकाली सेवा समितिको सभाहलमा हुंन लागेको जिल्ला अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखी प्रमुख अतिथिका रुपमा आउंनु हुंने महासंघका उपाध्यक्ष लिला गुरुङले जानकारी दिनुभयो । अधिवेशनले तीन वर्षका लागि महासंघको नयां नेतृत्व समेत चयन गर्नेछ । अध्यक्षका लागि महासंघका पूर्व कोषाध्यक्ष दलबहादुर छन्त्याल र युवा उद्योगी शान्ताराम चौधरीको चर्चा रहेको छ । छन्त्याललाई अध्यक्ष बनाउंन महासंघमा आवद्ध दश एकल जातीय संगठन मध्ये ९ संगठनले समर्थन जनाएको दावी गर्नु भएको छ ।