बुटवलमा स्थायी पेन्सन वितरण कार्यालय स्थापना गर्नका लागि पहल
बुटवल १६ फागुन - अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय सचिव चन्द्रबहादुर महतले जात,धर्म र राजनीतिक स्वार्थ भन्दा माथि उठेर वर्गिय उत्पीडनका हितमा कल्याणकारी कार्य गर्न सम्पूर्ण भुपुहरु एकजुट हुंनुपर्नेमा जोड दिनुभएको छ । उहांले भुपुहरु एकजुट नहुंदा भारतीय राजदुतावासवाट उपलब्ध गराइएका सुविधाबाट बन्चित हुंनुपरेको गुनासो गर्नुभयो । गुल्मीको खज्याङ तथा बलेटक्सार गाविसमा आज भएको छुट्टाछुट्टैं भुपुहरुको भेलालाई सम्वोधन गदैं सचिव महतले बुटवलमा स्थायी पेन्सन वितरण कार्यालय स्थापना गर्नका लागि संघले पहल गरिरहेको बताउंनु भयो ।
भेलाले सुवेदार बीरबहादुर सोमैको अध्यक्षतामा १३ सदस्यीय संघको खज्याङ गाउं समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुबेदार तुलबहादुर बुचा,सचिव कुलबहादुर बलाल,कोषाध्यक्ष बसन्त शाही र सदस्यहरुमा क्रमशः ढकबहादुर पौड्याल,शिवराज सुर्यवंशी,हर्षबहादुर बुचा,राजेन्द्रबहादुर बुचा,जंगबहादुर राना,शेरबहादुर बुचा,गंगाबहादुर बुचा,महेन्द्र बुचा र श्यामबहादुर बुचा रहनुभएको छ भने सल्लाहकारमा रामबहादुर सोमरे,लालबहादुर कुंवर र शसिराम बुचा रहनु भएको छ । त्यस्तै गुल्मीको बलेटक्सार,बम्घा,थानपति,रिमुवा,दिगाम गाविसको संयुक्त रुपमा भएको भेलाले तोयनारायण ज्ञवालीको अध्यक्षतामा सात सदस्यीय संघको संयुक्त इकाई समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष क्याप्टेन बाबुराम पौडेल,सचिव थानेश्वर क्षेत्री,कोषाध्यक्ष सुवेदार खड्कबहादुर श्रेष्ठ सदस्यहरमा क्रमशः क्याप्टेन पूर्णबहादुर रेगामी,भेषराज रिजाल र रामबहादुर क्षेत्री रहनुभएको छ ।