|

बलिदान सप्ताह जारी घैटो फोड र छोटो दौड सम्पन्न

बुटवल, फागुन १६ - एनेकपा माओवादी निकट अनेरास्वयु(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसको आयोजनामा जारी बलिदान सप्ताह अन्र्तगत बुधवार छात्र÷छात्रा घैटोफोड प्रतियोगीता तथा दौड प्रतियोगीता सम्पन्न भएका छन ।

क्यम्पस कमिटि अध्यक्ष दामोदर घिमीरेको अध्यक्षतामा भएको घैटो फोड प्रतियोगीतामा छात्रा तर्फ सीता भुषाल प्रथम र छात्र तर्फ प्रदिप भुर्तेल प्रथम भएका छन । बलिदान सप्ताहको तस्रो दिन भएको पुरुष दौड प्रतियोगीतामा भिमनारायण चौधरी प्रथम, बि ए दोस्रो बर्षमा अध्यायनरत सन्तोष भण्डारी द्धितिय र सोही संकायमा अध्यायरत विनोद चौधरी तृतिय भएका छन । छात्रा तर्फ सृजना भण्डारी प्रथम, रिना भण्डारी द्धतिय र सृजना भण्डारी तृतिय भएको क्याम्पस कमिटी उपाध्यक्ष नारायण पाण्डेले जानकारी दिए । कार्यक्रममा क्याम्पस कमिति सचिव कमल भुषाल, सह सचिव टेकराज रेग्मी, मिलन खड्का, प्रकाश रावत, फटिक टरामु दिप भण्डारी लगायतको उपस्थिती रहेको थियो । सप्ताह अन्र्तगत विहवार हाजिरीजवाफ प्रतियोगीता, २० गते कुर्ची दौड प्रतियोगीता र २१ गते सप्ताहको समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ ।

Posted by Butwalonline on 6:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बलिदान सप्ताह जारी घैटो फोड र छोटो दौड सम्पन्न"

Leave a reply