|

पश्चिमाञ्चल स्तरिय कराते प्रतियोगिता आयोजना गरिने

कपिलवस्तु १६ फागुन - जिल्लाको दोस्रो ब्यापारिक बजार चन्द्रौटामा पश्चिमाञ्चल स्तरिय सितोरियो कराते प्रतियोगिताको गरिने भएको छ ।

तौलिहबामा आयोजक युनिक कराते क्लबले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । २७ देखि २९ सम्म कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पश्चिमाञ्चलका ४ सय बढी खेलाडी सहभागी हुने आयोजक युनिक कराते क्लब चन्द्रौटाका अध्यक्ष अजय थापाले बताए । कार्यक्रममा पश्चिमाञ्चल कराते महासंघका अध्यक्ष भरतबहादुर केसीले प्रतियोगिता सफल पार्न सबैलाई आग्रह गर्नु भएको थियो ।

Posted by Butwalonline on 6:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल स्तरिय कराते प्रतियोगिता आयोजना गरिने"

Leave a reply