|

सङघीय लोकतान्त्रिक मोर्चाद्धारा प्रशासनमा धर्ना

कपिलवस्तु १६ फागुन - सङघीय लोकतान्त्रिक मोर्चाले बुधबार सदरमुकाम तौलिहवा स्थित प्रशासन कार्यालय घेराउ गरि २ घण्टा धर्ना दिएको छ ।

तराईमा क्रियासिल मधेसी जन अधिकार फोरम नेपाल सहितका ७ दल सम्बद्ध मोर्चाले कार्यालयको मुलगेटमा बिहान ११ देखि १ बजे सम्म धर्ना दिएको थियोे । आदिबासी, जनजाती, महिला, दलित र मुस्लिम लगायत बञ्चितिकरणमा परेका र सिमान्तकृत समुदायको हक, अधिकार पाउनु पर्ने माग गर्दै बिरोध गरिएको थियो ।

मोर्चाले ०७० जेठ भित्र संबिधानसभाको निर्वाचन, स्वतन्त्र तथा निष्पक्ष चुनाबी सरकार, मंहगी भ्रष्टाचार, दण्डहिनताको अन्त्य र तत्कालै स्थानिय निकायको निर्वाचनको माग गर्दै धर्ना दिईएको मधेसी जन अधिकार फोरम नेपालका जिल्ला अध्यक्ष अब्दुल रसिद खा“ले बताउनु भयो ।

Posted by Butwalonline on 6:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सङघीय लोकतान्त्रिक मोर्चाद्धारा प्रशासनमा धर्ना"

Leave a reply