|

मधुमेह रोग पहिचान, परामर्श तथा रक्तदान कार्यक्रम सम्पन्न

मुक्ति प्रसाद न्यौपाने, पाल्पा,फागुन १६ - पाल्पामा पहिलो पटक निशुल्क महुमेह रोग पहिचान तथा परामर्शका साथमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
   
प्रथम स्वास्थ्य सेवा दिवस पारेर गरिएको कार्यक्रममा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुले रोग पहिचान गरि परामर्श सेवा लिएकाछन् । कार्यक्रमको उद्घाटन माननिय न्यायाधिश हरिश्चन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मी लगायतले परीक्षण गरेर गर्नुभएको थियो ।
   
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले नेपालका १४ प्रतिशत जनतामा र विश्वका १५ करोड मानिसहरुमा महुमेह भएको उल्लेख गर्दै सन्तुलित खाना, दैनिक व्यायाम र जीवनशैलीमा परिवर्तको जरुरी रहेको बताउनुभयो । भने रक्तदानको महत्वका विषयमा रेडक्रसका सभापति बुद्धिप्रसाद शर्माले प्रकाश पार्नुभएको थियो ।
   
पत्रकारहरुको तर्फबाट वरिष्ठ पत्रकार मेद्दराज शर्माले रक्तदान जीवनदान भन्ने महान नारालाई पुरा गर्न जिल्ला स्वास्थ्य कार्यालयले प्रथम स्वास्थ्य सेवा दिवसको अवसर पारी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा ८१ जनाले मधुमेह रोग परीक्षण गराई मिशन अस्पतालका मधुमेह विशेषज्ञ डाक्टर दिपक बिसीबाट परामर्श सेवा लिएका थिए कार्यक्रममा २१ जनाले रक्तदान गरेकाछन् । रक्तदानमा डा. सुगन शर्मा र सरकारी वकिल कार्यालयका अधिवक्ता सुवास कुमार भट्टराईले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम शाखा अधिकृत सुन्दर श्रेष्ठको सञ्चालन र जनस्वास्थ्य प्रमुख झलक शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । ‘गुणस्तरीय स्वास्थ्य सेवामा सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाइाएको हो ।

Posted by Butwalonline on 5:52 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मधुमेह रोग पहिचान, परामर्श तथा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु