|

बुटवलमा एनसेल कप शुरु, सुनौलो र सुपौलीको बिजयी शुरुबात

बाबुराम गैरे,बुटवल, ९ फागुन । सुनौलो संगम युबा क्लब र सुपौलि युबा क्लब बुटवलमा बुधबारबाट शुरु भएको अन्डर १५ एनसेलकप छनोट फुटवल प्रतियोगितामा बिजयी शुरुबात गरेका छन । फिफा टेक्निकल सेन्टर बुटवलमा बुधबार सम्पन्न उद्घाटन खेलमा रिभर साईड क्लबलाई ८—१ को फराकीलो गोल अन्तरले स्तब्ध पार्दै सुनौलो संगम बिजयी भएको हो ।

सुनौलोको जितका लागी करन राना एक्लैले ४ गोलको योगदान गरे । त्यस्तै उज्ज्वल रानाले २ साथै जिबन थापा र बिक्रम गुरुङले एक एक गोलको योगदान गरे । करनले खेलको २८ औ, २९औ, ३५औ र ७७ औ मिनेटमा गोल गरे भने उज्ज्वलले २३औ र ७५औ मिनेटमा गोल गरे भने जिबन र बिक्रमले क्रमस ४५ औ र ७८ औ मिनेटमा गोल गरे । यस्तै रिभर साईडका निशान गुरुङले खेलको ५५ औ मिनेटमा एक मात्र सान्त्वना गोल फर्काएका थिए । त्यस्तै बुधबारै सम्पन्न दोश्रो खेलमा सुपौलीले ग्याङ स्टार क्लब बुटवललाई ३—० ले पराजीत गरेको हो । सुपौलीको जितमा प्रबेश क्षेत्रिले ह्याट्रिक गरेका छन । प्रबेशले खेलको ४१औ, ६६औ र ७१औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन । प्रतियोगिता अन्तर्गत विहिबार गार्खा ब्वाईज क्लबले न्यू योङ ब्वाईज क्लबको सामना गर्नुका साथै अर्को खेलमा नव युवा सांस्कृतीक परिबारले फर्साटिकर युवा क्लबको सामना गर्ने कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको खेलकुंद बिकाश समिती रुपन्देहिका कार्यलय प्रमुख जिबन घलेले एक कार्यक्रकका बिच बुधबारै उद्घाटन गर्नुभयो । जिल्ला फुटवल संघ रुपन्देहीका हरि प्रशाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले गर्नुभएको थियो । २०१३ मा हुने दाश्रो साप युथ १६ च्याम्पियनसिप र एएफसि युथ १६ च्याम्पियनसिप २०१४ को लागि नेपालको युबा टिम तयार पार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन ।

Posted by Butwalonline on 6:12 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा एनसेल कप शुरु, सुनौलो र सुपौलीको बिजयी शुरुबात"

Leave a reply