बर्दियाको बेलवामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु
ज्ञानु गौतम,बर्दिया,फागुन ९- बर्दियाको बेलवामा गएराति भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ना ३ ख १८३७ नम्बरको ट्रकले अस्थायी नम्बर प्लेट राखेको ८२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलवाका १८ वर्षिय महेन्द्र थारु र ४ वर्षिय रामकिसन चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते एक जनाको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।