|

कोरियामा एक नेपालीको सुतिरहेको ठाउँमै हत्या

सिउल । रोजगारीका लागि एक बर्षअघि कोरिया पूगेका झापा अनारमनी-८ का ३६ बर्षीय राजेश राईको गत शनिबार सुतिरहेको ठाउँमा हत्या भएको छ । ३१ बर्षीय क्याम्बोडियन नागरिक सामिनले उनको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । हत्यारा सामिन र राईलाई कम्पनीले एउटै कोठामा आवासको प्रवन्ध मिलाएको थियो । कोरियन कानूनमा त्यसरी दुई देशका कामदारलाई एउटै कोठामा राख्न नमिल्ने जानकारहरु बताउँछन् ।

तीन महिनाअघि रोजगारका लागि कम्पनीमा सरेका राईलाई क्याम्बोडियन नागरिक संगै एउटै कोठामा राखिएको थियो । राई र सामिनवीच कम्पनीमा आएदेखि नै खानाको पिषयलाई लिएर विवाद हुने गरेको सँगै काम गर्ने कैलालीका अर्जुन श्रेष्ठले भनाइ छ । एक देशका नागरिकलाई अर्को देशको खानाको गन्ध मन नपर्ने भएका कारण दुईजनावीच विवाद उत्पन्न हुँदै आएको थियो । अलग देशका नागरिकलाई एउटै केाठामा राख्न नहुने कोरियन नियमलाई कुल्चिएर कम्पनी साहुले उनीहरुलाई एउटै कोठामा राख्दै आएका थिए ।स्रोत :ऑनलाइन ख़बर

Posted by Butwalonline on 6:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " कोरियामा एक नेपालीको सुतिरहेको ठाउँमै हत्या"

Leave a reply