|

तिलोत्तमाकप टेवल टेनिस प्रतियोगिता सम्पन्न

गोविन्द वस्नेत,वुटवल,फागुन ९-लियो क्लव अफ तिलोत्तमाले आयोजना गरेको टेवल  टेनिस प्रतियोगिता खेल सम्पन्न भएको छ । यहि ६,७ र ८ गते सञ्चालन भएको खेलमा अनाथ र अपाङ्गसहयोगार्थ खेलमा ८ आठ विद्यालयको सहभागिता रहेको थियो ।

 ३ तिन दिन सम्म सञ्चालन भएको खेलमा एभरेष्ट बोडिङ्ग स्कुल प्रथम, न्यू होराईजन उच्च मा.वि. द्धितिय र स्मृति बोडिङ्ग स्कुल तितृय भएका छन् । त्यस्तै व्वाइज सिङ्गलल तर्फ एभरेष्ट बोडिङ्ग स्कुलका प्रतिक राना प्रथम, एभरेष्टकै गोविन्द कौसल द्धितिय , एपेक्सका प्रजल पौडेल तितृय, न्यू होराइजन स्कुलका रोहन सिरीष तितृय भएका छन् । जुनियर गर्ल सिङ्गल तर्फ एभरेष्टको पुनम जेडि प्रथम एभरेष्टकै संगिता थापा द्धितिय र कल्पना थापा तितृय भएका छन् । गर्ल डबल तर्फ एभरेष्टको संगिता र पुनम
जेडि प्रथम स्मृति बोडिङ्ग स्कुलका एलीषा र मनिका द्धितिय एपेक्सका स्नेह र सृष्टि तितृय भएका छन् ।

Posted by Butwalonline on 6:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिलोत्तमाकप टेवल टेनिस प्रतियोगिता सम्पन्न"

Leave a reply