|

खुल्ला दौडको उपाधि शर्मालाई

भरत अधिकारी,बुटवल, ७ फागुन । युवा संघ नेपालको आठौ महाधिबेशनको अबशरमा बुटवलमा आयोजना गरिएको खुला दौड प्रतियोगिताको उपाधि बाग्लुङका यज्ञराज शर्माले हात पारेका छन । महाधिबेशन अन्र्तगतको रचनात्मक तथा खेलकुद उपसमितिले बुटवलमा सोमबार आयोजना गरेको खुला दौडमा १४ दशमलव १९ मिनेटमा निर्धारित दुरी पार गर्दै शर्माले उपाधि हात पारेका हुन ।

त्यस्तै कपिलबस्तु जयनगरका भक्त श्रेष्ठ १४ दशमदव २० मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने एन्फा एकेडेमीका मनिष थापाले १४ दशमलब २५ मिनेटमा पार गर्दै तेस्रो, रिभरसाइड क्लव बुटवलका पृथ रानाले १४ दशमलब २६ मिनेटमा पार गर्दै चौथो र एन्फा कै बाबुराम कार्कीले १४ दशमलब ३१ मिनेटमा पार गर्दै पाचौ भएका छन ।  राजमार्ग चौराहाबाट ट्राफिकचोक हुदै फर्केर एमाले अचल पार्टी कार्यालयसम्म करिव २ दशमलव ५ किलोमिटरको दुरीमा सम्पन्न प्रतियोगितामा ८८ जना युबाहरुले सहभागिता जनाएका थिए । बिजेता पाचै जनाले क्रमश: ८ हजार, ५ हजार, ३ हजार, २ हजार र एक हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै महिला तर्फ एन्फाका कृति सेन र इन्द्र सेनले क्रमश प्रथम दितीय हुदै क्रमस एक हजार र पाच सय नगद पुरस्कार प्राप्त गरेका छन ।

बिजयी धावकहरुलाई एक कार्यक्रमका बीच एमाले पोलिटब्युरो सदस्य छबिलाल बिश्वकर्माले नगद पुरस्कार प्रदान गरे । पुरस्कार प्रदान गर्दै नेता विश्वकर्माले युवाको बिकासका लागि यस्ता रचनात्मक क्रियाकलाप नियमित गरिनुपर्ने बताए ।

त्यस्तै मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रिय अध्यक्ष रमेश शिलवालले खेलाडीले कहिल्यै पनि घमन्ड गर्न नुहुने भन्दै रचनात्मक हुनपर्ने बताए । स्पोर्ट एकेडेमीले खेलाडीको बिकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको उनको भनाई थियो ।पुरस्कार बितरण कार्यक्रम उपसमितिका संयोजक धुब्र आचार्यको अध्यक्षता, सचिव हरि पाण्डेको सञ्चालन सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 5:43 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खुल्ला दौडको उपाधि शर्मालाई "

Leave a reply