|

लिस्नुको १३ औ साधारण सभा तथा अधिवेशन सम्पन्न

खिनु गुरुङ,कोटिहवा । लिस्नु युवा कल्ब कोटिहवाको १३ औ साधारण सभा तथा तेस्रो अधिवेशन सोमवार मााङी बौद्ध विहार कोटिहवामा सम्पन्न भएको छ ।

अधिवेशनबाट खेमराज गुरुङको अध्यक्षतामा २९ सदसिय नयाा कार्य समिति समेत चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा अमर खाड द्धितीय उपाध्यक्षमा सुन्दर गुरुङ, सचिवमा संतोष गुरुङ,सहसचिवमा मनोज क्षेत्री,कोषाध्यक्षमा लिल प्रसाद गुरुङ, सहकोषाध्यक्षमा नविन गुरुङ र सदस्यहरुमा हेमन्त मल्ल,तारा मल्ल,याम आले,संजय थापा मगर,उमा शंकर खड्का,कृष्ण गुरुङ,अर्चित श्रेष्ठ,सत्यब्रर्त सर्मा निवार्चित हुनु भएकोछ । बााकी सदस्यहरु भने कल्बको पहिलो बैठकले सबै क्षेत्र,लिङग,जात जातीलाई समेट्ने गरी मनोनित गरीने निर्वाचन संयोजक जयलाल शर्मा बस्यालले बताएका छन् । कल्बको संरक्षकमा भने विगतका संरक्षकका पञ्चकन्या गु्रप अफ इन्डस्ट्रिजका उपाध्यक्ष धु्रब कुमार श्रेष्ठलाई नै राख्ने निणंय गरेको छ ।

कल्बको अधिवेहशनमा कल्बका कोषाध्यक्ष लिल प्रसाद गुरुङले आर्थिक बर्ष ०६९ । ०७० को बार्षिक करिब ७ लाख बराबरको आय व्यय विवरण प्रस्तुत गरेका थिए । साधारण सभा तथा अधिवेशनमा कल्बका सल्लाहाकार जंगबहादुर गुरुङ,पशुपाती क्याम्पसका प्रमुख जयलाल सर्मा बस्याल,समाजसेवी कुलबहादुर पाण्डे,केहरसिंह सराङकोटी,रनबहादुर थापा,रामनाथ लम्साल लगायतले बोलेका थिए । अधिवेशनबाट आगामी दिनमा कल्बको भवन निमार्ण गर्ने,खेलमैदान निमार्ण गर्ने,लगायत विभिन्न सामाजीक तथा खेलकुद प्रस्तावहरु समेत पारीत गरेको छ ।

Posted by Butwalonline on 5:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लिस्नुको १३ औ साधारण सभा तथा अधिवेशन सम्पन्न"

Leave a reply