घरदैलो अभियान अन्तिम चरणमा
लक्ष्मण पौडेल,बुटवल, फाुगन ७-युवा संघको आठौ महाधिवेशनको तयारीमा जुटेको एमाले क्षेत्र नं. ४ रुपन्देहीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुर्याएको छ ।महाधिवेशन तयारीका क्रममा घरदैलोदेखि र्याली तथा दौड सम्मका कार्यक्रम आयोजना गरिएको छ । बुटवल नगरपालिकाका प्राय: सबै वडाहरुमा घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको एमाले क्षेत्रीय प्रचार विभाग प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो ।
क्षेत्र नं. ४ अन्तर्गत पर्ने मोतिपुर र पर्रोहा गाविसमा पनि घरदैलो कार्यक्रम गरी सर्वसाधारणलाई महाधिवेशनमा उपस्थित हुन आह्वान गरिएको उहााले बताउनुभयो । घरदैलो कार्यक्रमका क्रममा पार्टीका क्षेत्रीय कार्यबाहक अध्यक्ष भीमबहादुर श्रेष्ठले युवा संघ र पार्टीले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।घरदैलोका लागि एमालेले बुटवलका सबै वडामा उल्लेख्य संख्यामा कार्यकर्ता परिचालन गरेको थियो । त्यस अवसरमा विभिन्न टोलमा सरसफाई गरिनुका साथै संगठीत सदस्यहरुको पार्टी सदस्यता पनि नवीकरण गरिएको थियो ।
फागुन २ गतेबाट शुरु भएको घरदैलोमा पार्टी तथा युवा संघका केन्द्रीय र स्थानीय तहका नेताको नेतृत्वमा कार्यकर्ता खटाइएको थियो । त्यसक्रममा सर्वसाधारणको गुनासोबारे जानकारी लिइएको प्रचार विभाग प्रमुख ढकालले बताउनुभयो ।एमालेले रुपन्देहीका हरेक गाबिसमा एक घर एक सय, जनतासंग एमाले नाराका साथ अभियान थालेको हो । सबै क्षेत्रको घरदैलो अभियान फागुन ९ गते सबै क्षेत्रमा समापन हुने युवा संघले जनाएको छ ।