|

युवा संघ नेपालको महाधिबेशन तयारी अन्तिम चरणमा


बुटवल, ७ फागुन । युवा संघ नेपालको आठौ महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिबेशन फागुन ११ देखि १३ गतेसम्म बुटवलमा हुदैछ । बुटवलको सिद्धेश्वरी प्रांगणमा हुने उद्घाटन कार्यक्रम उद्घाटनका लागि एमाले शिर्ष नेताहरु आउने कार्यक्रम छ  ।

महाधिबेशनको तयारीका बिषयमा प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य तथा युवा इन्चार्ज योगेश भट्टराईले महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । अबिधेशनको लागि आउने १ हजार ४ सय ३७ प्रतिनिधीको लागि आवास, खानपान लागयतको प्रपन्च मिलिसेको उहाले बताउनुभयो । ुसबै तयारी अव करिव करिव पूरा भइसेको छ, उहाले भन्नुभयो ।

महाधिबेशनलाई एमालेको जनप्रर्दशन र मूलुकको संकट निकासको कडिको रुपमा लिइएकाले १ लाख बढी जनताको सहभागितामा उद्घाटन हुने युवा इन्चार्ज भट्टराईले जानकारी दिनुभयो । अबिधेशनमा सहभागिताका लागि बिभिन्न स्थानबाट आउने गरी ३ सय सवारी बुकिङ भएका छन् । लुम्बिनी अञ्चल बाहेक अन्य छिमेकी जिल्लाहरुबाट पनि कार्यकर्ता आउने बताइएको छ ।

महाधिबेशनमा आउने आधा प्रतिनिधी महिला हुने महाधिबेशन मुल व्यवस्थापन समितिका संयोजक झपट रावलले बताउनुभयो । उहाले महाधिबेशनको अवसरमा बिभिन्न कार्यक्रमहरु उपसमितिहरुले गरिरहेको जानकारी दिनुभयो । उहाका अनुसार फलफूल बितरण, सरसफाई, भित्तेलेखन, प्रर्चापल्प्लेटिङ लगायतका कामहरु भइरहेका छन् ।

महाधिबेशनकै सन्दर्भमा चलाइएको घरदैलो अभियान पनि जारी छ । सोमबार पनि रुपन्देहीका बिभिन्न गाबिस र बुटवल नगरपालिकाका बिभिन्न वडाहरुमा सम्पन्न भएका छन् । युवा संघका केन्द्रिय सदस्य राजु गुरुङले स्थानीय स्तरमा हुने कामलाई व्यापकता दिइएको बताउनुभयो । उहाले घरदैलो संगै एमालेले गुनासो सुन्ने काम गरिरहेको बताउनुभयो ।

महाधिबेशनकै सन्दर्भमा रचनात्मक तथा खेलकुद उपसमितिले सोमबार बिहान बुटवलमा खुला दौड आयोजना गरेको थियो । सोमबारै स्वाथ्य उपसमितिको बैठक बसी महाधिबेशनमा हुने स्वाथ्य समस्यालाई समाधान गर्न बिशेष तयारी गर्ने निर्णय गरेको छ । बुटवलका बिभिन्न स्थानमा आजदेखि गेट निर्माण हुने आयोजकले जानकारी दिएका छन् ।

यसैबीच युवा संघको आठौ महाधिवेशनको तयारीमा जुटेको एमाले क्षेत्र नं. ४ रुपन्देहीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

महाधिवेशन तयारीका क्रममा घरदैलोदेखि र्‍याली तथा दौड सम्मका कार्यक्रम आयोजना गरिएको छ । बुटवल नगरपालिकाका प्राय: सबै वडाहरुमा घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको एमाले क्षेत्रीय प्रचार विभाग प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

क्षेत्र नं. ४ अन्तर्गत पर्ने मोतिपुर र पर्रोहा गाविसमा पनि घरदैलो कार्यक्रम गरी सर्वसाधारणलाई महाधिवेशनमा उपस्थित हुन आह्वान गरिएको उहााले बताउनुभयो । घरदैलो कार्यक्रमका क्रममा पार्टीका क्षेत्रीय कार्यबाहक अध्यक्ष भीमबहादुर श्रेष्ठले युवा संघ र पार्टीले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

घरदैलोका लागि एमालेले बुटवलका सबै वडामा उल्लेख्य संख्यामा कार्यकर्ता परिचालन गरेको थियो । त्यस अवसरमा विभिन्न टोलमा सरसफाई गरिनुका साथै संगठीत सदस्यहरुको पार्टी सदस्यता पनि नवीकरण गरिएको थियो ।

फागुन २ गतेबाट शुरु भएको घरदैलोमा पार्टी तथा युवा संघका केन्द्रीय र स्थानीय तहका नेताको नेतृत्वमा कार्यकर्ता खटाइएको थियो । त्यसक्रममा सर्वसाधारणको  गुनासोबारे जानकारी लिइएको प्रचार विभाग प्रमुख ढकालले बताउनुभयो ।

एमालेले रुपन्देहीका हरेक गाबिसमा एक घर एक सय, जनतासंग एमाले नाराका साथ अभियान थालेको हो । सबै क्षेत्रको घरदैलो अभियान फागुन ९ गते सबै क्षेत्रमा समापन हुने युवा संघले जनाएको छ ।

Posted by Butwalonline on 5:49 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवा संघ नेपालको महाधिबेशन तयारी अन्तिम चरणमा"

Leave a reply