|

रिसनको रनिङ सिल्डमा लिटिलको ह्याट्रिक

बाबुराम गैरे,बुटवल, ७ फागुन । लिटिल स्टार ईंलिस बोर्डिङ हाई स्कुल माधौलियाले रिसन रनिङ सिल्ड कब्जा गरेको छ । बिभिन्न ईभेन्टमा उत्कृट प्रदर्शन गर्दै ३९ अंकका साथ लिटिल स्टारले उपाधिमाथि कब्जा जमाएको हो । यो जित संगै लिटिल स्टारले लगातार तिन पटक सम्म उपाधि कब्जा गर्दै ह्याट्रिक समेत गरेको छ ।

कुल ११ बिद्यालयको सहभागिता रहेको सो खेल सप्ताहामा न्यु ईन्भाईरन्मण्ट उच्च माबि मणिग्राम २३ अंकका साथ द्धितिय तथा लिटिल प्याराडाईज ईंलिस बोर्डिङ स्कुल भलबारि र नव ज्योति ईंलिस बोर्डिङ स्कुल करहिया समान २१ अंकका साथ तृतिय भएका छन । सप्ताहा अन्तर्गत संचालित भलिबल प्रतियोगितको छात्र छात्रा दुबैतर्फ न्यु ईन्भारन्मण्ट, नव ज्योति र लिटिल स्टार क्रमस प्रथम, द्धितिय र तृतिय भएका छन । रुपन्देहिको शंकरनगर स्थित चपरहट्टि खेल मैदानमा आयोजित समापन समारोहमा एथलेटिक्स प्रशिक्षक दिनेश आचार्य, रिसन अध्यक्ष डि. बि थापा र कार्यक्रम संयोजक मधु प्रकाश ज्ञबालीले सम्युक्त रुपमा बिजेता बिद्यार्थी र बिद्यालयलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन । रुपन्देहि एकिकृत बिद्यालय संगठन नेपाल (रिसन) को आयोजनामा गत फागुन २ गतेदेखि ७ गते सम्म संचालन भएको खेल सप्ताहामा बिभिन्न दुरिका दौड, हाई जम्प, लङ जम्प, रिले दौड, सटपुट, भलिबल लगायतका खेलहरु समाबेश गरिएको खेल संयोजक समिर खानले जानकारी दिए ।

Posted by Butwalonline on 5:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रिसनको रनिङ सिल्डमा लिटिलको ह्याट्रिक"

Leave a reply