एकीकृत दुग्ध विकास सहकारी संस्थाद्वारा सबै भन्दा धेरै दुध बिक्रीगर्ने किसान सम्मानित
श्रीराम सिग्देल ,नवलपरासी ३० , असोज-एकीकृत दुग्ध विकास सहकारी संस्था लिमिटेड कावासोतीले एक बर्ष भरी संस्थालाई धरै दुध बिक्री गर्ने १० जना किसानलाई सम्मान गरेको छ । संस्थाले वर्षभरिमा एक दिनपनि नविराई सहकारीलाई दुध बेचेका कावासोतीका किसान ओमप्रकास चापागाई लगाएतका किसानलाई संस्थाको १३ औं वार्षिक साधारणसभाका अवसरमा मंगलवार सम्मान गरेको हो । संस्थाद्वारा उत्कृष्ट किसान ठहरिएका चापागाईले वर्षदिनमा २२ हजार आठ सय पााच लिटर दुध बिक्री गरेका थिए । उनले दुध बेचेर एक बर्षमा रु ६ लाख ८५ हजार तीन सय ७१ रुपैया संस्थावाट बुझेका थिए ।
पशुपालनबाट गाउमै आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने मान्यता वोकेका कावासोतीका अर्का किसान मित्रलाल रिजालले पनि रु ५ लाख एक हजार दुई सय ७२ को दुध बिक्री गरेका थिए । संस्थामा धरै दुध बिक्री गर्ने मध्येको उत्कृष्ट दशजनाहरुका हेमराज चापागाई, राधिका भुषाल, बृन्दा सापकोटा, दीर्घप्रसाद रिजाल, रेशम सापकोटा, देवीभक्त चापागाई र खेमलाल भण्डारी रहनु भएको छ । किनाहरुलाई हौसल्ला बढाउन बिभिन्न बिधा समेटर साधारण सभामा सम्मान गरिएको संस्थाका अध्यक्ष घनलाल सापकोटाले बताए ।
त्यसैगरी बर्ष भरी नियमित दुध ल्याउने २३ जनालाई सम्मान गरिएको छ । सोही अबसरमा नियमित र अधिक दुध किन्नेलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा ओम मिष्ठान्न भण्डारका भोजराज रेग्मी , सित्तल जुस कर्नरका यमनाथ कण्डेल लगाएतका छन् । घनलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल , केन्द्रीय दुग्ध सहकारीका सचिव अमरबहादुर कुवर लगाएतका वक्ताहरुले सहकारीको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
Posted by Butwalonline
on 9:13 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response