|

गाबिस सचिवको लापरवाहीले चार हजार जेष्ठ नागरिक भत्ताबाट बंचित

किरणमान बज्राचार्य,कपिलवस्तु , ३० असोज- गाबिस सचिवको लापरबाहीले कपिलवस्तुका चार हजार जेष्ठ नागरिक तथा एकल महिला सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका छन् । गाबिस सचिवले बिगतमा पेश्की फर्छौट नगरेकोले नगरपालिाका सहीत १० गाबिसका जेष्ठ नागरिक, एकल महिला र अपांगहरु भत्ताबाट बंचित भएका हुन । सचिवहरु कै कारणले ती गाबिसका चार हजार ७७ जन भत्ताबाट बंचित हुनु परेको जिबिस लेखा फााटले जनाएको छ । लेखाफााट अनुसार कपिलवस्तु नगरपाकिाल, बलरमवापुर, भिल्मी, रामनगर, बुढ्ढी, बिजुवा, लवनी, सोमडस्ह, सिर्सिहवा, र गणेशपुर गाबिसले हालसम्म पेश्की फर्छौट गरेका छैनन ।

बिगत बर्षहरुका सामाजिक सुरक्षाको पेश्की रकम फर्छौट नगरेको तथा भरपाई समेत नबुझाएकोले जिबिसले तिनीहरुको निकासा रोकेको लेखा फााटका अधिकृत दिनेश थापाले जानकारी दिए । पेश्की फर्छौट नगरेका गाबिसहरुको कुनै हालतमा निकासी नदिने उनले बताए । गाबिसमा रकम निकासा नहुदा उनीहरुको यस पालिको दशै खल्लो बन्ने निश्चित छ ।

मुखैमा आएको दशैका बेला समेत उनीहरुले भत्ता नपाएपछि उनीहरु निराश बनेका छन् । गाविसहरुले आश्विनमा चौमासिक जेष्ठ नागरिक भत्ता स्वरुप दिनुपर्ने सामाजिक सुरक्षाको रकम हाल सम्म उप्लव्ध गराएको छैन । बजेट निकासा नहुदा उनीहरुले आश्विन महिना सम्मको जेष्ठ नागरिक भत्ता नपाउने पक्का पक्की भएको छ । भत्ता नपाएपछि वृद्धा मात्र होइनन एकल महिला र अपाङ्ग समेत निराश बनेका छन् । चौमासिक रुपमा पाइने एकमुष्ट रकमले राम्रो संग दशै जाने आश बोकेका उनीहरु अहिले दशै धान्न ऋण खोज्दै हिडेका छन् ।


Posted by Butwalonline on 9:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गाबिस सचिवको लापरवाहीले चार हजार जेष्ठ नागरिक भत्ताबाट बंचित"

Leave a reply