|

१० महिने बाख्रापालन कृषक पाठशाला समापन

बुटवल, असोज ३०-हेफर इन्टरनेशनल नेपालको सहयोग तथा इन्द्रेणी विकास केन्द्र रुपन्देहीको आयोजनामा रुपन्देहीको गजेडी गाविसमा सञ्चालित १० महिने बाख्रा पालन कृषक पाठशाला कार्यक्रमको एक कार्यक्रमका विच समापन गरिएको छ । समुह बनाएर महिलाहरुलाई आधुनिक ढंगले बाख्रापालन गर्न प्राविधिक एव आर्थिक सहयोग गरिएको सो कार्यक्रमबाट कृषकहरु निकै लाभान्भित भएको सो अवसरका बताइएको थियो । सोही बाख्रापालन कृषक पाठशालाको सहयोगमा १२ समुह गठन गरी गजेडीका महिलाहरुलाई आधुनिक ढंगले  बाख्रापालन गर्न सिकाएर उनीहरुलाई आत्मनिर्भर गराइएको छ ।

१२ समुहका २ सय ९९ सय महिलाहरुले आधुनिक ढंगले बाख्रापाली समाजमा उदाहरणीय काम गर्न सफल भएका छन् । हेफर इन्टरनेशनल नेपालको सहयोग र इन्द्रेणी विकास केन्द्र रुपन्देहीको आयोजनामा स्थापना गरी सञ्चालित बाख्रापालन कृषक पाठशालाको पहिलो प्याकेजको कार्यक्रम सोमबारदेखि सकिएको हो । गजेडीको राताडाडामा एक समारोहको आयोजना गरी बाख्रापालन कृषक पाठशालाको समापन गरिएको हो । सो अवसरमा हेफर इन्टरनेशल नेपालका वरिष्ठ प्रवन्र्धक डा.  तिर्थ रेग्मी, अर्का प्रवन्धक निना जोशी, कार्यक्रम प्रवन्र्धक गणेशकुमार गुरुङ, हेफरकै कार्यक्रम अधिकृत अनन्त शिलवाल, कृषक डम्बरबहादुर चालिसे, रेडाका लिला कार्की, जुना परियार, बिना क्षत्रीलगायत बोल्नुभएको थियो । राधिका चौधरीको अध्यक्षता र विष्णु गौतमको सञ्चालनमा उक्र कार्यक्रम समपन्न भएको थियो ।

Posted by Anonymous on 9:04 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१० महिने बाख्रापालन कृषक पाठशाला समापन"

Leave a reply