बैकल्पीक उर्जाका साधनहरुबाट उपभोक्ताहरुले आवश्यक्ता अनुसारको सेवा पाएनन
बुटवल, असोज ३०-गाउगाउमा निमार्ण गरिएका बैकल्पीक उर्जाका साधनहरुबाट उपभोक्ताहरुले आवश्यक्ता अनुसारको सेवा पाउन नसकेको तथ्याङ्क सार्वजनिक गरिएको छ । उपभोक्ताहरुले बैकल्पीक उर्जाका रुपमा प्रयोगमा ल्याएका लघु जलविद्युत, सुधारिएको चुलो, सोलार तथा गोबर ग्यासबाट जति उपभोक्ताहरुले सेवा पाउनु पर्ने थियो त्यो उपभोक्ताहरुमा प्राविधिक ज्ञानको अभावका कारण पाउन नसकेको बताइएको छ । प्रयोगमा ल्याइएका ति प्रविधिहरुका बारेमा उपभोक्ताहरुमा प्रर्याप्त जानकारी नहुदा सम्म बैकल्पीक उर्जा प्रर्वद्धन कार्यक्रम फलदाई नहुने ठहर पनि कार्यक्रममा गरियो । बैकल्पीक उर्जा प्रर्बद्धन कार्यक्रम, काठमाडौको आयोजनामा रुपन्देहीको मणिग्राममा आयोजित उर्जा बजारीकरण तालिमका अवसरमा बोल्ने सहभागिहरुले सो धारणा व्यक्त गरेका हुन ।
गाउगाउमा बैकल्पीक उर्जाको प्रयोग बढेको कुरालाई सकारात्कम रुपमा लिनु पर्ने बताउदै उपभोक्ताहरु त्यसको मर्मत र स्याहार गर्ने विषयमा ठगिनु परेको गुनासो गरिएको थियो । प्रयोगकर्ताहरुले बैकल्पीक उर्जाका रुपमा रहेको प्रविधिहरु उपभोग गर्दा त्यसको उपयोगिता भन्दा विग्रदा त्यसको मर्मतमा बढी आर्थिक भार व्यहोर्नु परेको अवस्था रहेको भन्दै त्यसको अन्त्य कसरी गर्न सकिन्छ भन्ने बारेमा उपाय खोज्नु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै उर्जा इन्जीनियर उत्तम झाले बैकल्पीक उर्जाको वजारीकरणसंगै त्यसको सेवामा सरलताको खोजी गर्नु आवश्यक भएको भन्दै त्यसका लागि उपभोक्ताहरुलाई प्राविधिक ज्ञानसमेत दिन आग्रह गर्नु भयो ।