|

चन्दा असुलीका कारण भारतबाट आउने मालवाहक गाडीहरु मारमा


वृजराज कुशवाहा,रामग्राम, नवलपरासी,  असोज ३०-नवलपरासी स्थित लोकमार्गमा बढेको चन्दा असुलीका कारण भारतबाट आउने मालवाहक गाडीहरु बढी मारमा परेको बताएका छन् ।

दिउसोभर नदेखिने तथा रातीमा भुमहीको पुर्व र पश्चिमतर्फको बाटोमा बलजफती चन्दा असुल्ने कार्य भैरहेको र सय दुई सय दिदा नलिने तथा बाटोमा घन्टौंसम्म रोकीराख्ने गरिएकोले एक चालकले गुनासो गरे । भारतीय ट्रकबाट कम्तिमा १ हजार तथा नेपाली ट्रकबाट रु ५ सय असुल्ने गरिएको चालकहरुको बनाई छ ।

अत्यधिक चन्दा दिनुपरेको अवस्थामा अब त दशैं तिहार र छठसम्म माल लिएर नेपाल नआउने बताए । उनले नाम नबताउने शर्तमा गएराती हरकट्टा पुर्व खोला पुल नजिकै रोकेर थुप्रै गाडीबाट मनोमानी रकम असुली गरिएको छ । जसमा भारतीय गाडीहरु अत्यधिक थिए । चन्दा असुल्नेमा मधेशी तथा पहाडे मूलका २० देखि ३० वर्षे उमेरका ११ जना केटाहरुको सहभागिता थियो । सो समय मा आउने साना गाडीहरुलाई नरोक्ने तथा ठुला गाडीहरुमध्ये पनि ट्रकलाई नछाडने गरिएको कुरा बर्दघाटमा मंगलवार विहान सञ्चारकर्मी संग बताए ।

Posted by Butwalonline on 8:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चन्दा असुलीका कारण भारतबाट आउने मालवाहक गाडीहरु मारमा"

Leave a reply