|

जिल्ला स्तरिय हाजिरीजवाफको उपाधि सिद्धार्थ इ. बोडिङ् स्कुललाई

बुटवल, फागुन ७ । मणिमुकुन्द कलेज बुटवल १३ को आयोजनामा भएको जिल्ला स्तरिय हाजिरीजवाफको उपाधि सिद्धार्थ इ. बोडिङ् स्कुलले हात पारेको छ । आफ्नो बार्षिक उत्सवको सो अबसरमा आयोजना गरिएको प्रतियोगितामा मदरल्याण्ड इ. बोडिङ् स्कुल द्धितिय र रोज बड एकेडेमी तृतिय हुन सफल भएका छन् । कुल २२ विद्यालयहरुको सहभागिता भएको प्रतियोगितामा दोस्रो चरणका लागि ६ वटा विद्यालयहरु छनोटमा परेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई शिल्ड तथा विद्यार्थीहरुलाई मेडल र प्रमाण वितरण गरिएको थियो । सिद्धार्थ इ. बोडिङ् स्कुलले यस अघि प्यारामाउन्ट उच्च माविको आयोजनामा भएको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा समेत प्रथम हुन सफल भएको थियो । त्यस्तै खेल सप्ताहमा विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो । कार्यक्रम मासका अध्यक्ष गणेश पौडेलको सभापतित्व तथा एन प्याव्सन रुपन्देहीका उपाध्यक्ष देउ प्रकास राईको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 5:54 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिल्ला स्तरिय हाजिरीजवाफको उपाधि सिद्धार्थ इ. बोडिङ् स्कुललाई"

Leave a reply