|

डन चिल्ड्रेनको बार्षिक उत्सर्व सम्पन्न

बुटवल,फागुन ६ । डन चिल्ड्रेन्स ईङ्लिस हाई स्कूल नया मिल रुपन्देहीले सोमबार आफ्नो २०औ बार्षिक उत्सर्व तथा अभिभावक दिवस समारोह–२०६९ सम्पन्न गरेको छ । बार्षिक उत्वर्सको एक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारी उदघाट्न गरे । सो अवसरमा बोल्दै अधिकारीले शिक्षा क्षेत्रको विकाश बिना मुलुकको विकाश सम्भव नभएको भन्दै शिक्षामा गरेको लगानी खेर नजाने बताए ।

उनले आगामि दिनमा डन चिल्ड्रेन यस क्षेत्रकै नमूना विद्यालय बन्ने बताए । विद्यालय सञ्चालक समितीका अध्यक्ष नारायण प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष बुद्धिसागर भट्टराई,न्यू होराईन उच्च मावि बुटवलका प्रचार्य लोकनाथ उपाध्याय, अभिभावक संघका अध्यक्ष बुृद्धि पन्थी,समाजसेवी खिलनाथ पौडेल,अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली,गाविस सचिव घनश्याम अर्याल लगायतले बोल्दै विद्यालयले गरेको प्रगतिको चर्चा गर्दै नैतिक शिक्षाको पनि आवश्यकता रहेको बताएका थिए । सो समारोहमा विद्यालयले बिद्यार्थीहरु बीच नृत्य प्रतियोगिता र बाल शिक्षा सम्बन्धी नाट्क समेत बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

वार्षिकउत्सर्वको अवसमा विद्यालयले ९० बर्ष पुगेका अभिभाबकहरु शिवकला भण्डारी, टीकाकुमारी अधिकारी ममता भुसाल र विद्यालयका शिक्षक तथा कर्मचारीहरु शन्तोष धिताल,नारायण प्रसाद भुसाल,दयाराज खरेल,नारायण प्रसाद पौडेल लगायतलाई सम्मान गरेको हो । कार्यक्रममा विद्यालयका प्रचार्य एवं प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले बिद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत शिक्षक महेन्द्र भण्डारी र विद्यार्थीहरु सुस्मिता गौतम र सम्झना गैरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यायलयका सह–प्रचार्य नारायण प्रसाद पौडेलले गरेका थिए । वि.स २०५० सालमा स्थापित विद्यालयले २०६५ सालदेखी एस.एल सी परीक्षामा बिद्यार्थीहरुलाई सहभागी गराउदै आएको छ । भने अहिले सम्म भएका एस.एल सी परीक्षा शत प्रतिशत विद्यार्थीहरु प्रथम श्रेणी उत्रिण हुन सफल भएको स्कूलको दावी रहको छ ।

Posted by Butwalonline on 5:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डन चिल्ड्रेनको बार्षिक उत्सर्व सम्पन्न "

Leave a reply