मर्चवारमा कुस्ती प्रतियोगिता हुने
राजकुमार धवल,मर्चवार,फागुन ७ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आगामि फागुन १२ गते कुस्ती प्रतियोगिता हुने भएको छ । मझगावा गाविस २ स्थित आर्दश उच्च मावि विद्यालयमा प्रतियोगिता हुने खेल संयोजकले जानकारी दिए । कुस्ती प्रतियोगितामा छिमेकी देश भारतका विभिन्न पहलमानहरुको पनि सहभागिता रहने संयोजक दीपचन्द्र यादवले जनाकारी दिए । तराईमा प्रख्यात रहेको कुस्ती लोप हुन लागेको हुनाले यसलाई जिवित राख्न आवश्यक रहेको हुदा यस्तो कार्यक्रम गर्न लागिएको यादवले बताए ।