काठमाडौँको बाफलमा एक यूवतीको हत्या
काठमाडौं, फाल्गुन ७ । काठमाडौँको बाफलमा एक यूवतीको हत्या भएको छ । टेकुस्थित बेसमेन्ट रेस्टुन्ट एण्ड बारमा काम गर्ने ईश्वरी बराल खड्काको हत्या भएको हो । हत्यामा संलग्न सिन्धुपाल्चोक स्याउलेका रुम्वा आलेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौं प्रहरी निरीक्षक मंजील मुकारुंगको टोलीले हत्यारालाई पक्राउ गरेको हो । परिसरका अनुसार डान्सबारमा काम गर्ने खडका र सामाखुसीका कसमस म्यानपावरमा चालकको काम गर्ने आले विच दुई वर्षदेखि प्रेम सम्वन्ध थियो । त्यो सम्वन्धलाई लिएर दुईजना विच विवाद हुँदै आएको प्रहरीले जनाएको छ । रुम्वा र खड्का विवाहित हुँदाहुँदै पनि सम्वन्ध भएको र त्यो सम्वन्धलाई लिएर खड्काले ब्ल्याकमेल गरेको रुम्वाले बयान दिएका छन् ।स्रोत :इमेज च्यानल