छैठो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता हुने
कपिलवस्तु,फागुन १४ -खेलकुद गतिबिधि शुन्य रहेको कपिलवस्तुमा फागुन २५ देखि २७ गते सम्म छैठो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता हुने भएको छ । बरकुलपुर गाबिस स्थित ईमिलिया खेल मैदानमा प्रतियोगीता हुने भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।
उच्च माबि र माबिका बिद्यार्थीहरु सहभागी हुने सो प्रतियोगीताको तयारी तीब्ररुपमा भएको समितिका अध्यक्ष रामचन्द्र शाहले बताउनु भयो । जिल्लाका उच्च माबि र माबिहरुलाई पत्रचार गरी सकिएको तथा त्यसमा दुई दर्जन बढी बिद्यालय सहभागी हुने अनुमान गरिएको उहाले बताउनु भयो । सो प्रतियोग्तिाका लागि केन्द्रबाट दुई लाख रुपैया निकासा भई आएको तथा जिबिसले समेत केही रकम सहयोग गर्ने पतिबद्धता जनाएको समितिका सचिव गोपाल राईले बताउनु भयो ।
प्रतियोगीतामा दौड, लङ जम्फ, हाईजम्फ, जेवलिङ थ्रो, भलिवल, सटफुट लगायतका छात्र र छात्राहरुको छुट्टा छुट्टै इभेन्ट गरिने राईले जाकनारी दिनु भयो । प्रतियोग्तिमा प्रथम हुनेलाई शील्ड सहीत नगद समेत प्रदान गरिने उहाले बताउनु भयो ।