३९औा राष्ट्रिय लुम्बिनी करााते प्रतियोगिता चैत १ गतेदेखि लुम्बिनीमा
लक्षमन पोख्रेल ,बुटवल फाल्गुन ३० - नेपाल सितोरियो करााते डो सङ्घको आयोजनामा ३९औा राष्ट्रिय लुम्बिनी करााते प्रतियोगिता चैत १ गतेदेखि लुम्बिनीमा सञ्चालन हुने भएको छ ।
तीनदिने प्रतियोगितामा १४ अञ्चल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल आर्मी क्लब र विश्वविद्यालय खेलकुद सङ्घका गरी १९ टिमको सहभागिता रहने आज यहाा आयोजित पत्रकारसम्मेलनमा आयोजक सङ्घका अध्यक्ष दावा गुरुङले जानकारी दिनुभयो ।आगामी वर्ष सञ्चालन हुने विश्व सितोरियो करााते प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । प्रतियोगिताका विजेता खेलाडीले सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।
