अन्तर जिविस यु–१४ कप आज देखी बुटवलमा सुरु
बाबुराम गैरे/बिकाश पराजुली/भरत अधिकारी,बुटवल, फागुन ३० - ‘अन्तर जिल्ला विकास सभापति यु–१४ कप फुटबल प्रतियोगिता–२०६९ आज देखी बुटवलमा सुरु हुदै छ ।रुपन्देही जिल्लामा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा नेपालभरका कूल १४ वटा जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत हरेक दिन २ खेल सञ्चालन हुनेछन् । आजको पहिलो उद्घाटन खेल सर्लाहि र भक्तपुरका विच दिनको २:३० बजे सुरु हुने छ भने दोस्रो खेल पाल्पा र चितवनका विच हुने जिल्ला रुपन्देही फुटवल संघका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए । बुटवल–१३ देविनगरस्थित फिफा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा साविक विजेता रुपन्देहीसहित नवलपरासी, पाल्पा सर्लाही, भक्तपुर, चितवन, बारा, झापा, कञ्चनपुर, दोलखा, सिराहा, काभ्रे, संंखुवासभा, धादिङ् जिल्लाको सहभागिता रहेको छ ।
स्थानीय विकास मन्त्रालय, खेलकुद बिकास मन्त्रालय र अखिल नेपाल फुटवल संघको बार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिने प्रतियोगितामा प्रत्येक जिल्लाबाट छनोट भएका १४ वर्ष मुनिका खेलाडीहरु सम्मिलित एक/एक टिमले सहभागिता जनाएका छन् । अखिल नेपाल फुटवल संघमा आबद्ध ४५ वटा जिल्लामध्ये १४ वटा जिल्ला मात्र प्रतियोगितामा सहभागी भएका रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जिल्ला विकास समितिको आफ्नै कार्यक्रम भएपनि पहिलेनै बजेट उपलब्ध नगराई दिँदा खेलाडी टिमहरुको सहभागितामा कमी आएको उनले बताए ।
जिविसको आफ्नै कप भएपनि जिविले वेवास्ता गर्दा र आज देखी सुरु भएको एसएलसी परिक्षाका कारणले पनि कतिपय खेलाडिहरु खेलमा सहभागि हुन नसकेकाले टिमको संख्या कम भएको श्रेष्ठले बताए ।
नयाँ खेलाडि उत्पादन गर्ने उद्देश्यले करिब १ दशकदेखि प्रतियोगिता निरन्तर रुपमा आयोजना हुदै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले नगद २० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
जिविस कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमबाट खेलाडिहरु छनोट गरी साफ अन्डर–१४, एएफसी अण्डर–१४ लगायतका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि टिम तयार गर्ने लक्ष्य एन्फाले लिएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन आएका बाहिरी जिल्लाका खेलाडीहरुलाई बुटवलका होटल तथा रेष्टुरेन्टमा आवास तथा खानाको व्यवस्था गरिएको बताइएको छ ।दैनिक २ खेल सञ्चालन हुने प्रतियोगिताको खेल अवधि जम्मा ७० मिनेटको हुनेछ । प्रतियोगिता आगमी ८ गतेसम्म सञ्चालन हुने छ ।