गुल्मीमा २ सय २० जना एसएलसी दिनवाट बञ्चित
सीता भण्डारी,गुल्मी फागुन ३० - बिहिवारदेखि संचालन हुने एसएलसी परीक्षामा यस पटक गुल्मी जिल्लामा २ सय २० जना बिद्यार्थीहरु परीक्षा दिनवाट बञ्चित हुने भएका छन् ।
शिक्षा नियमावली अनुसार परीक्षामा सहभागी हुनकालागि विद्यालयमा ७५ प्रतिशत हाजिरी पुगेको हुनु पर्ने व्यवस्था रहेकोमा उक्त विद्यार्थीहरुको हाजिरी नपुगेका कारण यस पटकको एसएलसी परीक्षामा उनीहरु सहभागि हुन नपाउने भएका हुन । यस पटकको एसएलसी परिक्षामा २ सय २० जना छात्र छात्राहरु ७५ प्रतिशत हाजिरी नभएकाले परिक्षा दिन बाट बञ्चित भएकाले उनीहरुलाई परिक्षामा सहभागी गराउन नसकिएको जिल्ला शिक्षा कार्यालय गुल्मीका उपसचिव भोज बहादुर केसीले जानकारी दिनु भएको छ । गुल्मी जिल्लामा यस पटक विभिन्न विद्यालयहरुवाट कुल ७ हजार १ सय पााचजना परीक्षार्थीहरु परिक्षामा सहभागि हुने भएका छन् । यस वर्ष जिल्लामा कायम गरिएका ३० वटा परीक्षा केन्द्रमा नियमित तर्फ ४ हजार ९ सय ७७ र एक्जाम्टेडतर्फ २ हजार १ सय २८ विद्यार्थीहरु सहभागी हुने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।
परीक्षालाई व्यवस्थित एवं मर्यादित रुपमा संचालन गर्नका लागि सहयोग पुराउन जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले सबैलाई आग्रह गर्नुभएको छ । तोकिएका परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, तथा निरीक्षकहरुले परीक्षाको मर्यादा विपरित कार्य गरेको खण्डमा तत्काल कारवाही गरी वैकल्पिक व्यवस्था मिलाइने समेत जिल्ला शिक्षा अधिकारी अर्यालले जानकारी दिनुभएको छ । वुधवार सम्ममा सवै परीक्षा केन्द्रहरुमा प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पुगी सकेका छन । परिक्षा व्यवस्थित रुपमा संचालन भए नभएको हेर्नका लागि जिल्ला शिक्षा कार्यालयले पेशागत संघ संगठन, कार्यालयका कर्मचारी र शिक्षकहरु गरि दैनिक रुपमा प्रत्येक केन्द्रमा दुईदुई जनाका दरले साठी जना व्यक्तिलाई अनुगमनकालागि परिचालन गर्ने भएको छ । यस वर्षको एसएलसी परीक्षामा गुल्मी जिल्लामा सवै भन्दा वढी उदय उच्च माध्यमिक विद्यालय, शान्तिपुर केन्द्रवाट ३ सय ४६ जना छात्र छात्राहरुले परीक्षा दिादैछन् ।