समलिंगी, तेश्रो लिंगीले देशभरका प्रशासन कार्यालय घेर्ने
काठमाडौं, फागुन ३० – समलिंगी र तेश्रो लिंगीले नीलहीरा समाजको नवीकरणको माग गर्दै आजदेखि देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्थाको नवीकरण नगर्दा समलिंगी र तेश्रो लिंगीको रोजगारी गुमेको भन्दै उनीहरुले धर्नाको घोषणा गरेका हुन् ।आवश्यक सबै प्रक्रिया पुरा गर्दा पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नवीकरण नगरेको समाजको गुनासो छ । समाजले लैंगिक हिंसा अन्त्य गर, तेश्रोलिंगीहरुको रोजीरोटीको व्यवस्था गर, हामीले पाएको रोजगारी बन्द नगर, नील हिरा समाजको नविकरण तुरुन्त गर जस्ता नारा तय गरेर धर्ना दिन लागिएको जनाएको छ ।