बिद्यार्थिहरुको भबिष्यमाथि खेलबाड गर्नेलाई कारबाहिको माग
बाबुराम गैरे,फागुन ३०, बुटवल -रुपन्देहिमा क्रियासिल बिद्यार्थिसंगठनहरुले खुल्ला बिद्यालय शिक्षा अन्तर्गत एसएलसि दिने बिद्यार्थिहरुको भबिष्यमाथि खेलबाड गर्ने लाई कारबाहिको माग गरेका छन । बिद्यार्थिहरुले कारबाहिको माग गर्दै हिजो ईलाका प्रहरि कार्यलय बुटवलमा ज्ञापन पत्र समेत बुझाएका छन । बुटवल स्थित चारबटा कोचीङ सेन्टरले मोटो रकम असुल गरि ज्ञारेन्टी पास गराउने भन्दै अन्त्यमा ३२७ जना बिद्यार्थीहरुलाई अलपत्र पारेका थिए । सो घटनामा संलग्न जिल्ला शिक्षा कार्यलय, कोचिङ सेन्टर र अबैधानिक एसएलसि दिलाउने प्रयास गर्ने अन्य सम्पुर्ण निकायलाई जिल्ला प्रशासनले कारबाहि गर्न नसकेको प्रति आक्रोस समेत ब्याक्त गरिएको छ ।