रेडवुल लिग जिल्ला स्तरीय फुटबल युथ युनियन रातोलाई उपाधि
पाल्पा, २१ माघ तानसेनको टुंडिखेलमा सम्पन्न रेडवुल लिग जिल्ला स्तरीय फुटबलको उपाधि तानसेनको युथ युनियन रातोले हात पारेको छ । उसले फाइनलमा रामपुर युनाइटेडलाई ३–२ ले हराउदै उपाधि सुरक्षित गरेको हो । बिजयी युथ युनियनकातर्फबाट मोहन श्रेष्ठ, रविन थापा र दिपक रजालीले गोल गरे । उपविजयी रामपुरका तर्फबाट दिनेश थापा र माधव सुनारले गोल गरे । विजयीसंगै युथ युनियनले नगद १५ हजार र प्रमाणपत्र पायो भने उपविजयी रामपुरले १० हजार नगद र प्रमाणपत्र पाएको छ । विजयी तथा उपविजयी समूहलाई प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, जिल्ला फुटबल संघका अध्यक्ष भिमसेन कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १६ टीमले सहभागीता जनाएका थिए । सबै टीमलाई चार पुलमा विभाजन गरेर लिग खेलाइएको थियो ।