|

लुम्विनीमा अन्तर्राष्ट्रिय संचार तथा शान्ति सम्मेलन शुरु

बुटवल,२३ फागुन । गौतम बुद्धको जन्मस्थल लुम्विनीमा अन्तर्राष्ट्रिय संचार तथा शान्ति सम्मेलन शुरु भएको छ ।  एसिया जर्नालिष्ट एसोसिएसन नेपालले आयोजना गरेको सम्मेलनको सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले उद्घाटन गरेका छन् ।

सम्मेलन यद्घाटन गर्दै मन्त्री रिजालले गौतमबुद्धले प्रतिपादित गरेको शान्ति र अहिंशाको सन्देश विश्वभर फैलाउन सम्मेलन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो  । उहा“ले गुरुयोजना अनुरुप लुम्बिनीको वृहत्तर विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्री रिजालले लुम्बिनीको विकास र गुरुयोजना कार्यान्वयनका लागि सरकार र लुम्बिनी विकास कोÈलाई झक्झकाउन संचारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा पूर्व संस्कृती तथा पर्यटन मन्त्री दिपकुमार उपाध्यायले लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको लागि मात्र नभई विश्वका सबै शान्तिप्रेमीहरुको आस्था र विश्वासको केन्द्र बन्नुपर्ने र त्यसको लागि मिडियाले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंलेले शशस्त्र द्वन्द्वको समयमा पनि नेपाली संचार माध्यम विचलित नभई शान्तिको पÔमा एकजुट भएको स्मरण्ँ गर्दै सहमति, संवाद र छलफलको माध्यमबाट जस्तोसुकै समस्याको पनि समाधान गर्न सकिने बताउनुभयो ।

एसिया जर्नालिष्ट एसोसिएसनका अध्यक्ष आईवान ली ले एशियाका पत्रकारहरुले गौतमबुद्धको जन्मस्थल शान्ति क्षेत्र लुम्बिनीबाट विकास र शान्तिको लागि सदैव एक हुनुपर्ने सन्देश दिनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोÈका उपाध्यक्ष आचार्य कर्मा स्याङवो,प्रेस काउन्सीलका अध्यक्ष बोणर््ँबहादुर कार्की,एसिया जर्नलिष्ट एसोसिएसन नेपाल च्याप्टरका अध्यÔ विष्ण्ँु निष्ठुरी लगायतले बोल्नुभएको थियो ।

सम्मेलनमा प्रधानमन्त्री शुशिल कोइरालाले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । भोलिसम्म चल्ने सम्मेलनमा एसियाका विभिन्न मुलुक तथा नेपालका पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनमा एसिया तथा विश्वमा प्रेसको अवस्था र लुम्बिनीको प्रचार तथा प्रवद्र्धन सम्बन्धमा विशेÈ छलफल हुने छ ।

Posted by Binod pariyar on 7:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्विनीमा अन्तर्राष्ट्रिय संचार तथा शान्ति सम्मेलन शुरु "

Leave a reply