बस दुर्घटनामा १४ जनाको मृत्यु
मुक्तिप्रसाद न्यौपाने,माघ २३, पाल्पा
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी २ भालुखोलामा लु १ ख ४९२४ नम्बरको बस बिहिबार बिहान दुर्घटना हुादा १४ जनाको ज्यान गएको छ । १२ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा ज्यान गएको पाल्पाका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । रात्रिबस दुर्घटनामा मृत्यु हुने सबै पुरुष छन् । घाइते ७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष र युनाइटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।
पोखराबाट भैरहवाका लागि छुटेको बस राति करिब २ देखी २:३० बजेको समयमा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । प्रहरीले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको बताएको छ । घटनास्थल अप्ठेरो र खोंचमा रहेकोले उद्दारमा कठिनाई भए पनि समयमा नै प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्दारमा खटेको थियो ।