|

न्यौपानेलाई अठार महापूराण वाचनको नया किर्तिमान

पाल्पा, माघ २१– आचार्य नीलकण्ठ न्यौपानेले देविभागवतसहित पााच लाख श्लोक रहेका अठा पुराण एउटै यज्ञमा वाचन गरेर नयाा किर्तिमान कायम गर्नुभएको छ ।

पाल्पा जिल्लाको रिङ्गनेरह गाउा विकास समिति वडा नं. ७ शिवमन्दिर धाममा सञ्चालित महायज्ञमा न्यौपानेले अठार पुराणको वाचन, व्याख्यान तथा प्रवचन गरेर सम्पन्न गर्नुभएको हो । मंगलबार १२ हजार श्लोक रहेको व्रम्हाण्ड महापुराणसागै अठार पुराणको वाचन कार्य सम्पन्न भएको हो । २०६७ सालदेखि आरम्भ गरेको यो महायज्ञ श्रीपञ्चमीका दिन साङ्यता गरी समापन भएको छ । जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्यालले अठार पुराण वाचन कार्यतालिकाको आजै अनावरण गर्नुभयो । जिल्लाका साहित्यकार, वुद्धिजीवी, शिक्षक र राजनीतिज्ञहरुले न्यौपानेलाई बधाई दिन पूर्वखोला नै पुगेका थिए ।

5तरङ्ग साहित्य संगम मदनपोखरा पाल्पाले महायज्ञको समापनको अवसर पारेर माघ २१ गते न्यौपानेलाई अभिनन्दन गरेको छ । संगमका अध्यक्ष राधाकृष्ण शर्माले ऐतिहासिक र अनुकरणीय कार्य गर्नुभएकोमा बधाई ज्ञापन गर्दै अभिनन्दन पत्र प्रदान गर्नुभयो । संगमले अभिनन्दनपत्र, दोसल्ला र पाल्पाली ढाका टोपी लगाएर सम्मान गरेको छ । न्यौपानेले आफूले ठूलो काम नगरेको केवल वेदव्यासले रचना गरेका साहित्यको रस्वादन मात्र गरेको बताउनुभयो । सम्मानले आफू द्रविभूत भएको र आगामी दिनमा अठार पुराणमा के छ ? कृति दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

न्यौपानेले यो तीन वर्षको अवधिमा देविभागवतसहित संस्कृत भाषामा रहेको ५ लाख श्लोकको वाचन र नेपालीमा व्याख्यान कार्य सक्नुभएको छ । उत्तरपश्चिम फर्केर बसेकी ८८ वर्षिय आमा गाथादेवि, ६० वर्षमाथिका गाउाले बाआमा र छिमेकीहरुले एउटै मण्डपमा बसेर शास्त्रको ज्ञान लिन पाएकोमा प्रसन्नता व्यक्त गरेका छन् । तीन दशक स्कुल र कलेजमा अध्यापन कार्य गर्नुभएका न्यौपानेले गुरुकुलको शैलीमा कथा सुनाउने गर्नुभएको थियो । आफ्नै बाबुले बनाएको आडामाथि पूराण राखेर दुनियाालाई कथा सुनाउनु न्यौपानेको एकप्रकारको अध्यापन नै हो ।

1 आफै आयोजक र आफै वाचक रहेर एकै स्थानमा अठार पूराण वाचन गर्ने काम अन्यत्र कतै भएको छैन । न्यौपानेले यो कार्य पहिलो र नौलो हो । देविभागवतमार्फत वाणीकी देवी सरस्वतीको आरधना गरेको सुरु भएको यो महायज्ञमा श्रीमदभागवत, स्कन्द पूराण, विष्णु पूराण, शिवपूराण, गरुड पूराण, व्रम्ह पूराण, पद्य पूराण, लिंग पूराणलगायत १८ पूराण वाचन गरेर सकिसकेको छ ।

पूराण सुन्न आउने स्थानीय समुदायले चढाएको भेटीले मन्दिरमा धारा, पाकशाला, सभाहल निर्माण भएको छ । मन्दिरको संरचना, शौचालय र अन्य पूर्वाधार जोडिएका छन् । महायज्ञमा जम्मा भएको भेटीले मन्दिर बनाउने र वाचित धार्मिक ग्रन्थ आफैले पढाएको उद्बुद्ध कलेजलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यति बेलासम्म करिव १ लाख मूल्य पर्ने ग्रन्थ संकलन भएका छन् । हिन्दु धर्ममा अठार पुराणलाई चार वेदपछिको महत्वपूर्ण ग्रन्थ मानिन्छ ।

तरङ्ग साहित्य संगमले सिर्जनशील साहित्य शिविर पनि पूर्वखोलामै आयोजना गरेको छ । पाल्पा, रुपन्देही, गुल्मी र आसपासका करिव ५० जना साहित्यकार र पत्रकारहरुले यो शिविरमा भाग लिएका छन् । संगमले प्रत्येक वर्ष साहित्यकारहरुलाई नयाा स्थानमा यात्रा गराई स्थलगत रचना र वाचनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Posted by Butwalonline on 11:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्यौपानेलाई अठार महापूराण वाचनको नया किर्तिमान "

Leave a reply