जागरण मिडिया सेन्टरको आयोजनामा ३ दिने पत्रकारिता तालिम भैरहवामा सम्पन्न
बिनोद परियार,रूपन्देही,१७ माघ ।
जागरण मिडिया सेन्टरको आयोजनामा संविधान निर्माण पक्रियामार्फत शान्ति,लोकतन्त्र र समावेशिता विषयक ३ दिने पत्रकारिता तालिम भैरहवामा सम्पन्न भएको छ । रूपन्देही,नवलपरासी र कपिलवस्तु ४० जना सक्रिय सञ्चारकर्मीहरुको सहभागिता रहेको तालिमको शुक्रबार एक समारोहका विच समापन गरिएको छ । समापन समारोह तथा प्रमाणवितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री एंव नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले समाजमा रहेका विभेद भनेको रोग जस्तै भएको बताउँदै त्यसको उपचार पत्रकारले चेतनामार्फत गर्नुपर्ने बतानुभयो ।
उहांले मुलुक अब समावेशि,लोकतन्त्र र संघियताबाट पछाडि फर्किन नसक्ने बताउदै समयमै संविधान जारी गर्नका लागि मिडियाले दवाव दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पूर्व सभाषद विनोद पहाडीले समाजमा रहेको जातीय छुवाछुत जस्ता विभेदको अन्तयका लागि सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । उत्पीडित वर्गका पत्रकार र मूलधारमा आईसकेका वर्गका पत्रकारहरुको संयुक्त प्रयासलेनै समाजमा जागरण ल्याउन सक्ने उहाले बताउनुभयो । राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पिडितको पहिलो न्याय गर्ने थलो पत्रकार भएकाले समाजका उत्पीडित र अन्यायका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक बरिष्ठ पत्रकार रघु मैनाली,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,लेखक डिक बहादुर विश्वकर्मा,जागरण मिडियाका कार्यकारी निर्देशक समिर घिमिरे,प्रेम सेन्चुरी,सहभागिबाट उषा कंडेल,इन्द्र विश्वकर्माले बोल्दै पत्रकारितालाई सहिरुपमा अगाडि बडाउन बताउनुभएको थियो । तालिमको प्रशिक्षक रघु मैनाली,आरती चटौत,जेवि विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।