|

रुपन्देही जिल्लाबाट एमालेको २३ उम्मेदवारको सिफारिस

सलमान खाान,भैरहवा,असोज २ -चुनावी मिती नजिकिदै गर्दा नेकपा एमालेले पनि निकै चहलपहल बढेको छ । अगामि संविधान सभा निर्वाचनका लागि जिल्लाबाट प्रत्यक्षतर्फ २३ जना उम्मेदावरको नाम जिल्लाबाट सिफारिस गरेको छ । समानुपातिकतर्फ बाहेक प्रत्यक्षमा जिल्लाका सातवटै निर्वाचन क्षेत्रबाट उम्मेदावरको नाम सिफारिस गरेको छ । उक्त पार्टीले जिल्लाको क्षेत्र नं. १ बाट छविलाल विश्वकर्मा, केन्द्रिय सदस्य घनश्याम भुसाल, खिमलाल भट्टाराइको नाम सिफारिस गरेको छ । भने क्षेत्र नं. २ बाट पुस्पाञ्जली उपाध्यय, हरि अधिकारी, भरत कुमार पोखरेल र डा. राम प्रसाद बस्याललाई सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. ३ बाट घनश्याम भुसाल, लिला गिरी र शान्ति पाण्डेको नाम जिल्लाबाट सिफारिस गरेको छ । यसैगरी रुपन्देही जिल्लाको क्षेत्र नं. ४ बाट विष्णु पौडेल, भोज प्रसाद श्रेष्ठ र विमला पन्थिको नाम सिफारिस गरेको छ । भने क्षेत्र नं. ५ बाट रामनाथ ढकाल, भुमिलाल सापकोटा र नजर कुमारी श्रेष्ठको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. ६ बाट बाबुलाल यादव, साधुशरण साहनी र गीता प्रजापतिको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नं. ७ बाट श्रीराम यादव, रामचन्द्र यादव र शन्ति लोधको नाम जिल्लाबाट सिफारिस गरेको छ ।

Posted by Butwalonline on 6:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देही जिल्लाबाट एमालेको २३ उम्मेदवारको सिफारिस"

Leave a reply