|

एमाओवादीको २० उम्मेदवारको सिफारिस

सलमान खान,भैरहवा,असोज २ -एमाओवादीले पनि रुपन्देहीको सातवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ २० जना उम्मेदावरको नाम सिफारिस गरेको छ । एमाओवादीले रुपन्देहीको क्षेत्र नं. १ बाट देवेन्द्र पाण्डे सागर र लेखनाथ न्यौपानेलाई उम्मेदवारको रुपामा सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. २ बाट विनोद उपाध्यय, शोभाकान्त नेपाल, चोपलाल अचार्य, तिरबहादुर रोकाय, उमेश खनाल, गोविन्द केवट र कमला थापाको नाम जिल्लाबाट सिफारिस गरिएको छ । यसैगरी ३ बाट बामदेव क्षेत्री र ज्ञानप्रसाद भुर्तेल र क्षेत्र नं. ४ बाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराई, भक्ति पाण्डे र कृष्ण प्रसाद पोखरेलको नाम सिफारिस गरिएको छ । भने क्षेत्र नं. ५ बाट दधिराम शर्मा एमएस, रेशम रसायलीको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. ६ बाट सन्त कुमार यादव, अमिन चौधरी र क्षेत्र नं. ७ बाट मकसुद अलि र पुरन यादवको नाम जिल्लाबाट सिफारिस भएको छ ।

Posted by Butwalonline on 6:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एमाओवादीको २० उम्मेदवारको सिफारिस"

Leave a reply