|

रुपन्देहीमा गाउाका नेता देखि पूर्व प्रधानमन्त्रिसम्म चुनावमा उत्राने तयारी

सलमान खाान,भैरहवा,असोज २ - अगामि ४ मंसिरको लागि तोकिएको संविधान सभाको निर्वाचनका लागि देशभरका साथसाथै रुपन्देही जिल्लामा पनि निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आयोगले गरेको संविधान सभाको निर्वाचन तयारीसागै अहिले जिल्लामा राजनितिक दलहरु आ–आफ्नो उम्मेदवारहरु चुनावी मैदानमा उत्रानका लागि व्यस्त छन् । निर्वाचनको मिती नजिकिदै जादाा दलहरुको चुनावी गतिविधि पनि बढेको हो । अहिले राजनितिक दलहरुले मुलुककै अग्रपंक्तिमा गनिने रुपन्देहीमा बर्चश्व जमाउनका लागि गाउा स्तरका नेता देखि लिएर पूर्व प्रधानमन्त्रि सम्मको चुनावी मैदानमा उत्राने तयारी गरेका छन् । मुलुककै तिन ठुला एमाओवादी, एमाले र काग्रेसले रुपन्देहीमा बर्चश्व जमाउनका लागि केन्द्रिय स्तरका नेता उत्राने पक्का भएको छ । तर साना दल पनि के कम उनीहरुले पनि प्रभावसाली नेताहरुलाई चुनावी मैदानमा उत्राने तयारी गरेका छन् । जम्मा ६९ गाविस र २ वटा नगरपालिका रहेको रुपन्देहीमा निर्वाचनको लागि कुल ३ लाख ९२ हजार २ सय ४ मतदाताले यस क्षेत्रका नेता चुन्दैछन् । जुन नेताले अगामी संविधान सभामा जिल्लाको प्रतिनिधीत्व गर्दै संविधान बनाउने छन् । अगामि निर्वाचनमा नेपाली कंग्रेसले रुपन्देहीबाट पार्टीका प्रभावशाली नेता रामकृष्ण ताम्रकार, बालकृष्ण खाण, दुर्योधन सिंह चौधरी लगायतलाई निर्वाचनमा उत्राने भएको छ । त्यसैगरी एमालेले पनि पुर्व मन्त्रि तथा पार्टीका केन्द्रिय सचिव विष्णु पौडेल, केन्द्रिय नेताहरु रामनाथ ढकाल, खिमलाल भट्टाराई, घनश्याम भुसाल, छविलाल विश्वर्कमा, पुस्पाञ्जली उपाध्यय, लगायतलाई चुनावी मैदानमा उत्राने तयारी गरेको छ । यसैगरी एमाओवादी पनि के कम पार्टीले त बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टाराइलाई नै चुनावी मैदानमा उत्राने पक्का भएको छ । त्यसैगरी केन्द्रिय सदस्यहरु भक्ति पाण्डे, दधिराम शर्मा एमएस र बामदेव क्षेत्री लगायतलाई निर्वाचनमा उत्राने भएको छ । राप्रपाले पनि चुनावी मैदानमा पूर्व मन्त्रि तथा वरिष्ठ नेता दिपक बोहराको नेतृत्वमा जिल्लाको सबै क्षेत्रमा आफ्ना उम्मेदवार उत्राने भएको छ । त्यसैगरी तराइ मधेश केन्द्रित दलहरुले पनि आ–आफ्ना उम्मेदवार चुनावी मैदानमा उत्राने भएका छन् ।

Posted by Butwalonline on 6:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीमा गाउाका नेता देखि पूर्व प्रधानमन्त्रिसम्म चुनावमा उत्राने तयारी"

Leave a reply