|

अनुमती विना भारतीय प्रहरीद्धारा नेपालीको घरमा छापा

बर्दिया, आश्विन २ । बर्दियाको गुलरियामा भारतीय प्रहरीले नेपाल प्रहरीको समन्वय विना एक जनाको घरमा छापा मारेको छ । जिल्ला प्रहरी लखिनपुर खिरी भारतका डिएसपी सहित १४ जनाको टोलीले मञ्जुल कुमार श्रेष्ठको घरमा छापा मारेको हो । भारतीय प्रहरीलाई हत्या गरेको अभियोगमा फरार रहेका मोना सरदार मञ्जुल कुमार श्रेष्ठको घरमा लुकेको आशंकामा भारतीय प्रहरीले आज बिहान छापा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । डिएसपी उदय प्रताप सिंहको नेतृत्वमा १४ जनाको टोली नेपाल आएका थिए । उनिहरुले अनुमति विना भारतीय गाडी पनि नेपाल ल्याएका छन् । भारतीय टोली नेपाल आउनु पूर्व नेपाल प्रहरीसंग समन्वय गरेर मात्र आउनुपर्ने अन्र्तराष्ट्रिय प्रावधान छ । अन्र्तराष्ट्रिय मान्यता अनुसार कुनै अर्को देशमा दुई देशको प्रशासनिक समन्वय भएपनि छापा मार्न नपाईने कानून रहेको प्रमुख जिल्ला अधिकारी मानवहादुर विकेले वताएका छन् ।इमेज च्यानल

Posted by Butwalonline on 7:35 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अनुमती विना भारतीय प्रहरीद्धारा नेपालीको घरमा छापा "

Leave a reply